१० पुस २०८२ बिहीबार
image/svg+xml
अन्य

मदिराले लठ्ठिएर नयाँ वर्षको कार्यक्रम बिथल्ने सेनाका मेजर र क्याप्टेन पक्राउ

नेपालगन्ज— मदिरा सेवन गरेर सार्वजनिक स्थानमा अमर्यादित गतिविधि गरेको आरोपमा नेपाली सेनाका दुई अधिकृत पक्राउ परेका छन्। अंग्रेजी नयाँ वर्षको अवसरमा कारकाँदो स्थित होटल सिद्धार्थमा साँस्कृतिक कार्यक्रम चलिरहेको समयमा बुधबार राती सवा १२ बजेतिर मदिरामा लठ्ठिएर हो–हल्ला गरेपछि रुद्रध्वज गण इमामनगर व्यारेक राँझामा कार्यरत नेपाली सेनाका मेजर(सेनानी) गणेश हुमागाई र क्याप्टेन(उपसेनानी) रिसभ थापालाई प्रहरीले पक्राउ गरेको हो।

 


मदिरा सेवन गरेर कार्यक्रम भाँड्न खोजेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा उल्टै प्रहरीमाथि हातपात गरेका थिए। वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक हेम शाहीको नेतृत्वमा रहेको प्रहरी टोलीले मेजर र क्याप्टेनलाई पक्राउ गरेर करिब अढाई घण्टा कार्यालयमा थुनेको थियो। प्रहरीले अबेर राती राँझाबाट वडा प्रहरी कार्यालय पुगेको नेपाली सेनाको टोलीलाई कागज गराएर जिम्मा लगाएको इन्चार्ज शाहीले जानकारी दिए ।

'मदिरा खाएर अमर्यादित गतिविधी गरिरहेको फेला पारेपछि पक्राउ गरेका थियौं, पछि विस्तारै बुझ्दै जादाँ नेपाली सेनाको जिम्मेवार पदमा आसिन व्यक्ति हुनु भएको कुरा थाहा भयो,' शाहीले भने। पक्राउ परेका दुवैलाई नेपाली सेनाले सैनिक ऐन अनुसार कारबाही गर्ने प्रतिवद्धता जनाएर लगेको उनले बताए।

प्रकाशित: १७ पुस २०७१ ०२:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App