१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

निर्वाचन निर्धारित मितिमै हुन्छ : अर्थमन्त्री खनाल

अर्थमन्त्री रामेश्वर खनालले निर्धारित मितिमै निर्वाचन हुने बताएका छन्। निर्वाचनका लागि सबै वातावरण बनिसकेकाले निर्वाचन हुनेमा कुनै शंका नरहेको उनले उल्लेख गरे।

निर्वाचनका लागि सबै दलहरू तयार रहेको उल्लेख गर्दै मन्त्री खनालले भने, 'तोकिएको मितिमा कसैले चुनाव हुँदैन भन्ने भन्छ भने त्यो 'हल्ला' मात्र हो।' यो हल्लाको पछि नलागी निर्वाचनमा होम्मिन उनले आग्रह गरे।

'फागुन २१ गते तोकिएको निर्वाचनका लागि बाह्य र आन्तरिक वातावरण बनिसकेको छ,' उनले भने, 'अब प्रतीक्षा फागुन २१ गते भोट खसाल्ने मात्र छ।'

निर्वाचनको माहोल सबै पक्ष मिलेर बनाउन आग्रह गर्दै उनले भने, 'आफ्नो पक्षमा मत माग्न आ-आफ्नो एजेन्डा राख्न पाइन्छ। तर माहोल बिगार्ने गरी कुनै गतिविधि गर्न पाइँदैन।'

रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लहानको जग्गा हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खनालले ४७ वर्षदेखि हस्तान्तरण हुन नसकेको यस अस्पतालको जग्गा भदौ २४ पछिको परिवर्तनपछि बनेको सरकरले ४७ दिनमै पूरा गरिदिएको बताए। '४७ वर्षदेखि किन अस्पतालको जग्गाको अड्को सरकारले फुकाउन सकेको थिएन यसको कारण खोजिनु पर्छ,' उनले भने, 'आउँदो चुनावमा यो पनि एजेन्डा बन्नु पर्दछ।'

प्रकाशित: १० पुस २०८२ १२:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App