पक्राउ पर्नेमा कुखुरा र बोका चोरदेखि अर्काको श्रीमतीलाई लैजानेसम्मका रहेका छन्। जिल्ला अदालत कालिकोटले मुद्दाको फैसला गरी कैद र उपराध सजाय सुनाएकामा सबैभन्दा बढी अर्काको श्रीमती लैजाने रहेका छन् । उनीहरु अर्कोको श्रीमती भगाएर लामो समयदेखि लुकिछिपि बस्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय कालिकोटमा अर्काको श्रीमती भगाएकोमा पक्राउ पर्नेमा धौलागोह गाविस वडा नं. १ का ६६ बर्षिया खड्के रोकाया, लालु गाबिस वडा नं. ४ का ४३ बर्षिया पदम बिष्ट, धौलागोह गाबिस वडा नं. ९ का ४१ बर्षिया गोपाल भण्डारी र मान्म गाबिस वडा नं. १ का ५४ बर्षिया दानबहादुर बिष्ट रहेका छन्।
त्यस्तै बोका चारेर फरार रहेका स्युना गाबिस वडा नं ५ का नरबहादुर शाहीलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनलाई जिल्ला अदालत कालिकोटले २२ दिनको जेल सजाय २ हजार जरिवाना तोकेको थियो ।
कर्तब्य ज्यान मुद्दा लागेका धौलागोह वडा नं. १ बस्ने बर्ष ६१ का बसन्त सार्कीसमेत पक्राउ गरेको छ ।
चोरी मुद्दा लागेर अदालतबाट सजाय तोकिएका मेहलमुडी गाविस वडा नं. ४ का ५६ बर्षे राजबहादुर बम, भर्ता गाबिस वडा नं. २ का ४५ बर्षिया रन्तबहादुर शाही, स्युना गाबिस वडा ५ का नरबहादुर शाही र सोही गाबिसका दानबहादुर बम रहेका छन् ।
त्यस्तै राँचुली गाबिस वडा नं. ३ का मलबहादुर शाहीले नक्कली नागरिकता पेश गरेको, सुककाटिया गाबिस वडा नं. ९ का मनबहादुर शाहीले लुपपाट गरेको, सिखाना गाबिसका वडा नं. ६ का अमनाथ चौलागाईले कृते जालसाजी गरेको र सोही गाबिसका देउमले टमटाले कुटपिट गरेको आरोपमा अदालतले जेल सजाय सहित जरिवानाको फैसला गरेको थियो ।
अपराध गरेको फैसला गरिएका सबैजसो फरार रहेको लामो समयपछि पक्राउ गरेर कारवाहीको प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कालिकोट प्रमुख किसनसिंह बुडालले बताए । 'अदालतले फैसला गरेर फरारको सुचीमा रहेकालाई पक्राउ गरिएको हो ।' उनले भने,–'यी धेरै बर्ष अगाडी अपराधको फैसला भएका हाल कार्यान्वयनमा नआएकालाई पक्राउ गरेर कारवाहीको पक्रिया अगाडी बढाइएको हो ।'
कालिकोटमा प्रहरीले फागुन २८ गतेदेखि अदालतबाट अपराधको मुद्दा फैसला भएका तर फरार रहेकाहरुलाई पक्राउ गरि कैद तथा जरिवानाको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
प्रकाशित: ७ चैत्र २०७२ ०५:४६ आइतबार





