५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

नसालु पदार्थ खुवाएर युवतीले लुटिन् १० तोला सुन

म्याग्दी–म्याग्दीको सदरमुकाम बेनी बजारमा एक युवतीले नसालु पदार्थ खुवाएर १० तोला सुन, मोवाइल, पैसा लुटेकी छिन्।

सोमबार साँझ पुन होटल एण्ड नान हाउसमा खाजा खान गएका म्याग्दी बरंजा–२ घरभई हाल बेनी नगरपालिकास्थित हाँडेभीरमा कृषकको औजार कारखाना संचालन गरिरहेका कुलदिप जुग्जाली लुटिएका हुन्। कारखानामा औजार खरिद गर्न आएकी दोवा गाविस घर बताउने अन्दाजी २० वर्षकी मिना नाम गरेकी युवतीले फोन गरेपछि होटलमा पुगेको बताउने जुग्जालीले वाइनको गिलासमा नसालु पदार्थ हालेर बेहोस बनाएको बताए।

'खाजा मगाउँदा वाइन खान मन छ भनेपछि मैले पनि खाए। खल्टीबाट मिठो हुन्छ भन्दै गिलासमा हालेको मात्रै थाहा पाउँछु', जुग्जालीले भने। उनले कारखानामा आएको बेलामा आफ्नो भिजिटिङ कार्ड लिएर दुई तीन पटक फोनसमेत गरेको बताए। लोक दोहोरी प्रतिष्ठानमासमेत आवद्ध रहेका जुग्जाली होटलमै संचालित म्याग्दी रमाइलो दोहोरी साँझमा काम गर्ने गरेका थिए । जुग्जालीको अस्पतालमा उपचार भइरहेको छ।

कपालमा खैरो पारेको, सेतो पाइट, सेटो सुइटर लगाएकी पातलो शरीर भएकी युवतीको हुलियाको आधारमा खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। भर्खर विदेशबाट फर्किएकी र अरवी भाषा बोल्ने गरेको होटलका संचालकले बताएका छन्। जुग्जालीलाई फोन गरेको मोवाइल युवतीले लगेकी छिन्। कृषकको कृषि औजारबाट राम्रो कमाई गरिरहेका जुग्जालीले लगाएको तीनवटा औठी, ४ तोला सुनको सिक्री र २ तोलाको हातमा लगाएको चेनका साथै महंगो मूल्य पर्ने मोवाइल र साथमा रहेको पैसा लिएर बेलुकी नै भागेको अनुमान जुग्जालीको छ। होटलका संचालकले विहान जिल्ला अस्पतालमा उपचारका लागि लगेपछि घटना खुलेको थियो ।

यता प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरूले घटनाका बारेमा जानकारी भएलगत्तै अनुसन्धानमा जुटेको बताए। 'अनुसन्धान भइरहेको छ । युवतीले लुट्ने नियतले नसालु पदार्थको सेवन गराएको हुनसक्छ', उनले भने। बेनीबजारमा अपरिचित युवती देखिन थालेको बताउँदै प्रहरीले सर्तक रहन आग्रह गरेको छ ।

प्रकाशित: २ चैत्र २०७२ ०२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App