२३ माघ २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

चलचित्र ‘गोबर गणेश’ ले पाउँदै छ राम्राे प्रतिक्रिया

मरिचमान श्रेष्ठको निर्देशन रहेको चलचित्र ‘गोबर गणेश’ ले राम्रो प्रतिक्रिया पाइरहेको छ। चलचित्रको कथावस्तुको दर्शकले तारिफ गरिरहेका छन्।

माघ १ गतेबाट प्रदर्शनमा आएको सिनेमाले राम्रो वर्ड अफ माउथ पाएकाले निर्माण टिम हलमा दर्शकको संख्या उल्लेख्य बढ्नेमा ढुक्क छ।

दर्शकले चलचित्र आफ्नै घरको कथा जस्तै लागेको बताउँदै छन्। चलचित्रले हरेक निम्न मध्यम वर्गीय परिवारको घरको कथा उठाएको दर्शकको प्रतिक्रिया छ।

“दर्शकले मेरो आफ्नै घरको कथा हेरेको जस्तो लाग्यो भनिरहनुभएको छ,” निर्देशकसमेत रहेका चलचित्रका मुख्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ ले भने, “हाम्रो आफ्नै घरको कथा सिनेमामा पाएको भनेर दर्शकले भनिरहेकाले दर्शकको चाप हलमा थप बढ्दै जानेमा म ढुक्क छु।”

बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा बल्छीसँगै, वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानियाँ, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछाने लगायत छन्।

तारानाथ न्यौपाने चिफ एडी रहेको चलचित्रमा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहेकाे छ।

टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहेको चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ। नेपालमा श्री ब्याकटेस इन्टरटेनमेन्टले यो चलचित्र वितरण गरेको हो।

प्रकाशित: ५ माघ २०८२ १२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App