२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

पाकिस्तानसँग टी-२० शृङ्खला खेल्ने अस्ट्रेलियाको टोली घोषणा

अस्ट्रेलियाले पाकिस्तानसँग खेल्ने तीन वटा टी-२० आई सिरिजको लागि टोलीको घोषण गरेको छ।

अस्ट्रेलिया र पाकिस्तानबिच पाकिस्तानको लाहोरमा आगामी जनवरी २९ देखि सिरिज सुरु हुँदै छ। अनुभवी ब्याट्सम्यान मिचेल मार्शलेको कप्तानीमा १७ सदस्यीय टोलीको घोषण भएको हो। 

सबै खेल लाहोरको गद्दाफी रंगशालामा हुनेछन्। 

यस्तो छ अस्ट्रेलियाको टोलीमा मिचेल मार्श (कप्तान), शन एबट, जेभियर बार्टलेट, महली बियर्डम्यान, कूपर कोनोली, बेन द्वारशुइस, ज्याक एडवर्ड्स, क्यामरून ग्रीन, ट्राभिस हेड, जोश इङ्लिस, म्याथ्यू कुह्नेम्यान, मिच ओवेन, जोश फिलिप, म्याथ्यू रेनशा, म्याट शर्ट, मार्कस स्टोनिस र एडम जाम्पा रहेका छन्। 

प्रकाशित: ५ माघ २०८२ १२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App