३ माघ २०८२ शनिबार
image/svg+xml
अन्य

लागूऔषधसहित ५ पक्राउ

इलाम– लागूऔषध कारोबार र प्रयोग आरोपमा प्रहरीले सूर्योदय नगरपालिकास्थित फिक्ककबाट आइतबार २ भारतीयसहित ५ जनालाई पक्राउ गरेको छ। स्थानीय हाङचुङ पुलहाउसअघि भेला भएर बसिरहेका युवालाई खानतलासी गर्दा लागूऔषध भेटिएपछि उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरीले जनाएको छ।पक्राउ पर्नेमा पशुपतिनगर गाविस–८ का २३ वर्षे बचन राई, सूर्योदय नगरपालिका–८ का २६ वर्षे ह्याचुङ काजी, सुनपा–६ का २२ वर्षे शरण राई, भारत दार्जिलिङस्थित मिरिकका ३३ वर्षै सौगात तामाङ र त्यहींका ३२ वर्षे सचिन राई छन् ।

उनीहरूको साथबाट २ सय ७० थान स्पास्मो प्रोक्सिभ्यान क्याप्सुल, ४६ थान नाइट्रोसन ट्याब्लेट, ६२ ग्राम गाँजा र मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध लागूऔषधबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: ३० फाल्गुन २०७२ ०७:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App