५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

असई हत्यामा २८ विरुद्ध मुद्दा

काठमाडौं– मधेस आन्दोलनक्रममा महोत्तरीमा सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक थमनबहादुर विकको हत्या र उनी चढेको एम्बुलेन्समा आगजनी गरेको अभियोगमा प्रहरीले बिहीबार सद्भावना पार्टीका सहमहामन्त्री देवेन्द्र यादवसहित २८ जनाविरुद्ध मुद्दा दायर गरेको छ।


जिल्ला प्रहरी कार्यालय महोत्तरीले कर्तव्यज्यान मुद्दामा २८ र एम्बुलेन्समा आगजनीसम्बन्धी मुद्दामा २५ जनाविरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दायर गरेको हो । गत भदौ २५ गते महोत्तरी सदरमुकाम जलेश्वरमा आन्दोलनकारीको आक्रमणमा घाइते भएका असई विकलाई उपचारका लागि जनकपुर लग्नेक्रममा महोत्तरी गाउँनजिक पुनः आक्रमण गरी हत्या गरिएको थियो । जलेश्वरबाट जनकपुर लाने क्रममा आन्दोलनकारीले बाटोमै आक्रमण गरी उनको हत्या गर्नुका साथै भने एम्बुलेन्समा आगजनी गरेका थिए ।

उक्त घटनामा संलग्न रहेको अभियोग लगाउँदै प्रहरीले सद्भावना पार्टीका केन्द्रीय सहमहामन्त्री यादव, सोही पार्टीका केन्द्रीय सदस्य लक्ष्मी महतो, तमलोपा जिल्ला अध्यक्ष अभिराम शर्मा, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य कौशलकुमार यादव, तमलोपा केन्द्रीय सदस्य शंकरकुमार मिश्र, तराई मधेश सद्भावना पार्टीका केन्द्रीय सदस्य सुरेश पाण्डे, जिल्ला सदस्य मोहन ठाकुर, स्थानीय व्यवसायी प्रदीपकुमार साह र प्रमोद गामीलगायत विरुद्ध मुद्दा दर्ता गरेको हो ।

तीमध्ये व्यवसायद्वय प्रदीप र प्रमोद तथा तमलोपा जिल्ला सदस्य ठाकुर यसअघि नै पक्राउ परिसकेका छन् । मुद्दामा नाम समेटिने भयले अन्य अभियुक्त र मधेसवादी दलका जिल्ला नेता पहिलेदेखि नै फरार छन्।

प्रकाशित: २७ फाल्गुन २०७२ २०:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App