२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

सागर ढकाल गुल्मी-१ बाट चुनाव लड्ने

गत निर्वाचनमा डडेलधुराबाट शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेर चर्चामा आएका युवा इन्जिनियर सागर ढकालले आगामी निर्वाचनमा गुल्मी क्षेत्र नम्बर-१ बाट चुनाव लड्ने भएका छन्।

रास्वपाबाट टिकट पाएका उनले सामाजिक सञ्जालमार्फत आफ्नो ‘गुल्मी-गुजरात मोडेल’ को अवधारणा अघि सारे।

उनले देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये गुल्मी-१ मा मतान्तर प्रतिशतमा आफू ऐतिहासिक मतसहित पहिलो हुने दाबी समेत गरेका छन्।

गुल्मी-गुजरात मोडेल र बौद्धिक शक्ति ढकालले भारतको राजनीति र विकासमा गुजरातको प्रभावको उदाहरण दिँदै नेपालमा गुल्मीले त्यो भूमिका खेल्नुपर्ने बताएका छन्।

उनले लेखेका छन्, ‘भारतका सबै खर्बपतिमध्ये ५० प्रतिशतभन्दा बढी र राजनीतिमा आडवानी, मोदी, गान्धी सबै गुजराती नै छन्। भारतको कायापलट हुनुमा गुजराती मानसिकता र औद्योगिक सोच हावी छ।’

सोही उदाहरण दिँदै उनले गुल्मी र वरपरका जिल्लाहरू नेपालको ‘बौद्धिक पावर हाउस’ भएको बताए। लोक सेवा आयोगमा गुल्मी कहिल्यै पछि नपरेको र गुल्मीको पानीमै बौद्धिकता, उत्कृष्टता र इमानदारिता रहेको उनको भनाइ छ।

अब यो क्षमतालाई देशको कायापलट गर्नमा प्रयोग गर्नुपर्नेमा उनले जोड दिएका छन्।

प्रकाशित: ५ माघ २०८२ १८:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App