२६ माघ २०८२ सोमबार
image/svg+xml
राजनीति

मनोनयनमा तडकभडक नगर्न आयोगको सुझाव

निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न चेतावनी दिएका छन्।

सञ्चारकर्मीहरूसँग सोमवार आयोगमा कुराकानी गर्दै भण्डारीले उम्मेदवारी कायम गर्न जाँदा बाजागाजा लगायतका तडकभडक नगर्न आग्रह गरे।

उनले तडकभडकलाई कानूनले पूर्ण रूपमा निषेध गरेको र निर्वाचन आचारसंहिता पनि यसलाई निषेध गरेको बताउँदै त्यस्ता गतिविधि नगर्न सचेत गराए।

आचारसंहिता उल्लङ्घन गर्नेविरुद्ध आयोगले कठोर निर्णय लिने चेतावनी पनि भण्डारीले दिएका छन्। उनले निष्ठापूर्वक आचारसंहिता पालन गरी मनोनयन पत्र दाखिल गर्न उम्मेदवारहरूलाई आग्रह गरे।

 

प्रकाशित: ५ माघ २०८२ १८:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App