२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

स्याङ्जामा भयाे गल्याङ काव्य उत्सव-२०८२

जगत्रदेवी साहित्य सङ्गम गल्याङ, स्याङ्जाले नाट्यसम्राट बालकृष्ण समको १२४ औं जन्मजयन्ती तथा कविशिरोमणि लेखनाथ पौड्यालको ६०औं स्मृति दिवसको पूर्व सन्ध्यामा "गल्याङ काव्य उत्सव तथा स्रष्टा सम्मान समारोह- २०८२" सम्पन्न गरेकाे छ।

सङ्गमका अध्यक्ष चण्डिकाप्रसाद भट्टराईकाे अध्यक्षता तथा पल्लव साहित्य प्रतिष्ठान, भरतपुर, चितवनका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार व्यक्तित्व ऋषिप्रसाद लामिछाने (गोर्खे साइँलो) को प्रमुख आतिथ्य गल्याङ बहुमुखी क्याम्पसमा कार्यक्रम भएकाे हाे।

सङ्गमका कोषाध्यक्ष पार्वती थापाले  उपस्थित जन शब्द मार्फत स्वागत गरेका थिए। 

सभाध्यक्ष भट्टराईले सहयोगी र उदार मन भएका पूर्व विद्यार्थीको विशेष सहयोगले गल्याङमा यसरी गल्याङ काव्य उत्सवको आयोजना गर्न पाएकोमा खुशी व्यक्त गर्दै सम्बन्धित स्थानीय तहको लगानीमा हुनुपर्ने काम देश विदेशमा रही श्रम गर्नेहरूको सहायताले गरिएको जानकारी गराए।

जगत्रदेवी साहित्य सङ्गमका अध्यक्ष चण्डिकाप्रसाद भट्टराईका पूर्व विद्यार्थी (हाल- अमेरिका निवासी) डा. विश्व विके खड्काले प्रायोजन गरेको गल्याङ काव्य उत्सव समारोहमा प्रमुख अतिथि ऋषिप्रसाद लामिछाने (गोर्खे साइँलो) लाई "जगत्रदेवी साहित्य सम्मान- २०८२" र प्रायोजक विश्व विके खड्कालाई दोसल्ला र कदरपत्रद्वारा सम्मान गरिएको थियो। प्रायोजकको सम्मान डा. विश्व विके खड्काका दाजु पितम खड्कालाई हस्तान्तरण गरिएको थियो।

सङ्गमका उपाध्यक्ष लिलाबल्लौ अर्यालले बालकृष्ण सम र लेखनाथ पौड्यालको साहित्यिक परिचय प्रस्तुत गरेका थिए।

कार्यक्रममा पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मी, पोखराथोक साहित्य सङ्गमका अध्यक्ष गोविन्द खनाल, पल्लव साहित्य प्रतिष्ठानका सदस्य लोकनाथ खराल, गल्याङ नगरपालिका वडा नं. ७ का अध्यक्ष झविलाल पाण्डे विशिष्ट अतिथि रहेका थिए। वडाध्यक्ष झविलाल पाण्डेले साहित्यिक संस्थालाई सशक्त बनाउन कार्यपालिकाको बैठकमा आवाज उठाउने र आफ्नो वडाको तर्फबाट आवश्यक सहयोग गर्ने वाचा गरेका थिए।

संस्थाका सचिव डिल्लीराम भण्डारीले सहजीकरण गरेकाे कार्यक्रममा दुर्गा राना, दिलीप मगर, गीता थापा, पितम खड्का, प्रेमबन्धु सुवेदी, झवनाथ बस्याल, नारायणप्रसाद न्यौपाने, गुरुप्रसाद ढकाल, पार्वती थापा, भोजकुमारी पाण्डे, ढालबहादुर के.सी., सनतकुमार गैरे, लोकहरि पाण्डे क्षितिज, वसन्त खनाल, सूर्यप्रसाद डुम्रे, छविलाल अधिकारी, शोभाखर भट्टराई, नोलराज भण्डारी, लोकनाथ खराल, मित्रलाल गौतम, पुष्कर अथक रेग्मी, गोविन्द खनाल, डिल्लीराम भण्डारी, प्रमुख अतिथि ऋषिप्रसाद लामिछाने (गोर्खे साइँलो), सभाध्यक्ष चण्डिकाप्रसाद भट्टराई लगायतकाले  कविता वाचन गरेका थिए।

प्रकाशित: २६ माघ २०८२ ०७:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App