नेपालको निर्माण क्षेत्रको विकासमा केन्द्रित ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’को एघारौं संस्करण आइतबार सम्पन्न भएको छ।
निर्माण क्षेत्रसँग सम्बन्धित स्वदेशी तथा विदेशी प्रविधि, सामग्री र सेवाहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यका साथ काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा बिहीबारदेखि सञ्चालन गरिएको थियो।
प्रदर्शनीमा ६५ हजार अवलोकनकर्ताहरूले भ्रमण गरेका छन्। तीन सयभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डको सहभागिता रहेको उक्त प्रदर्शनीमा दुई सयभन्दा बढी स्टलमार्फत निर्माण उद्योगका नवीन सेवा तथा सामग्रीहरू प्रदर्शन गरियो।
विगत एक दशकदेखि मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचर एक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा सम्पन्न हँदै आएको नेपाल बिल्डकनले सुरुवातीकाल देखि नै नेपाली निर्माण उद्योगलाई आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय अभ्याससँग जोड्दै आएको छ।
प्रकाशित: २६ माघ २०८२ ०७:३० सोमबार


-600x400.jpg)


