७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

ब्राउनसुगरसहित श्रीमान श्रीमती पक्राउ

सुर्खेत-जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरी नायव उपरीक्षक बहादुरजंग मल्लको कमाण्डमा खटिएको टोलीले तीन ग्राम चार सय २० मिलिग्राम ब्राउनसुगरसहित वीरेन्द्रनगर–१८ गण्डकीलाइना बस्ने ३४ वर्षीय दिनेशकुमार वली र उनकी श्रीमती निशा बलीलाई शनिबार राति पक्राउ गरेको हो।


प्रहरीका अनुसार वीरेन्द्रनगर–१३ घर भई गण्डकीलाइनमा कोठा भाडामा बस्दै आएका वली दम्पत्तीले ब्राउनसुगरको कारोवार गर्ने गरेको विशेष सूचनाका आधारमा घर खानतलासी गर्दा उक्त परिणामको लागूऔषध फेला परेको हो । 'घर खानतलासी गर्दा प्लाष्टिकमा लुकाई राखेको २२ पुरिया लागूऔषध ब्राउनसुगर फेला पार्यौं' डिएसपी मल्लले भने, 'दुबैलाई पक्राउ गरेर कावश्यक कारवाही अघि बढाएका छौं ।'

प्रकाशित: १६ फाल्गुन २०७२ ०६:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App