१२ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

दुर्लभ पंक्षी हुचिलसहित ७ जना पक्राउ

काठमाडौं– महानगरीय अपराध महाशाखाले दुर्लभ वन्यपंक्षी हुचिलसहित सात जनालाई पक्राउ गरेको छ।


 

संरक्षित तथा दुर्लभ वन्यजन्तु हुचिलको अबैध बिक्रीवितरण र कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा महाशाखाबाट खटिएको टोलीले बुधबार तारकेश्वर नगरपालिकाबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गोरखा फुजेलका विष्णु अमगाई, सुमन लामिछाने, बोर्लाङका दीपकराज रेग्मी, चउरपानीका वीरमान गुरुङ, झापा कोहवाराका पृथ्वी चेम्जोङ, मोरङ पथरीका वीरबहादुर खत्री र ललितपुर महालक्ष्मीका भुवेन लामालाई पक्राउ गरेको हो।

उनीहरुबाट एक गाडी, दुई मोटरसाइकल र एक स्कुटरसमेत बरामद गरेको छ। उनीहरुलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला वन कार्यालय, हात्तिसार पठाइएको पनि प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ५ फाल्गुन २०७२ ०६:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App