२ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्य

१२ किलो चरेशसहित दुई पक्राउ

धनगढी-कैलालीको अत्तरियाबाट १२ किलो लागू औषध चरेशसहित पक्राउ गरिएका २ जनालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ। दुवै जनालाई शुक्रवार अदालतामा मुद्दा दर्ता गरेर म्याद थप गरिएको प्रहरी उपरिक्षक राजेन्द्र बिष्टले बताए।


पक्राउ पर्नेमा बझाङ दहबगरका प्रेम धामी र लेकगाउँका भीम धामी छन्। उनीहरुलाई तेघरीस्थित डिके पेट्रोल पम्प नजिकैबाट चरेशसहित पक्राउ गरिएको प्रहरीले बतायो।

पक्राउ परेका २ जना चरेश तस्करले प्रयोग गरेका भरिया हुन कि चरेश कारोवारी नै हुन भन्ने बिषयमा अनुसन्धान हुन वाँकी रहेको उनले बताए। बिगतका घटनामा पक्राउ वर्ने मुख्य कारोवारी नभई पैसाको प्रलोभनमा प्रयोग गरिएका व्यक्ती हुने गरेको उनले बताए।

बझाङवाट संकलन गरि ल्याएको चरेश भारतको पलिया लगेर बेच्जे योजना रहेको उनीहरुले बताएका छन्।

प्रकाशित: २२ माघ २०७२ ०७:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App