७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

बुवाछोरा मिली एक जनाको हत्या

दार्चुला– दार्चुलामा एक जनाको आईतबार राती बुवाछोरा मिली हत्या गरेको छन्।ग्वानी­४ का गोपालसिंह धामीको सोही ठाउँका स्थानीय करवीरसिंह धामी र उनका छोरा केशवसिंह धामी मिली उनको हत्या गरेको प्रहरीले जनाएको छ। आइतबार राती १० बजे घरायसी विवाद हुँदा गोपाललाई दुबै जना मिली हत्या गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। घटना स्थलबाट प्रहरीले चक्कु, ईंटाका ब्लक र ढुंगा बरामद गरेको दार्चुलाका प्रहरी प्रमुख सुशिलसिंह राठौरले बताए।

घटनाको बारेमा बुझ्न सोमबार जिल्ला प्रहरी प्रमुखसहितको इलाका प्रहरी कार्यालय गोकुलेश्वर र प्रहरी चौकी मालिकार्जुनका प्रहरी खटिएको जनाइएको छ। हत्या गर्ने दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान चलिरहेको प्रहरी प्रमुख राठौरले बताए।

प्रकाशित: १८ माघ २०७२ ०२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App