८ माघ २०८२ बिहीबार
image/svg+xml
अन्य

जोकोभिचलाई छैटौं पटक अस्ट्रेलियन ओपन

मेलबर्न- अस्ट्रेलियन ओपनमा आफनो आधिपत्यलाई यथावत राख्ने क्रममा नोभाक जोकोभिच छैटौं पटक च्याम्पियन बनेका छन्। जोकोभिचले आइतबार भएको फाइनलमा एन्डी मरेलाई ६–१,७–५,७–६(३) ले पराजित गरेका थिए। जाकोभिचसँग फाइनलमा मरे पराजित भएको त्यो पाँचौं पटक हो।

आइतबारको जितसँगै जोकोभिचले रोय इर्मिसनको ६ पटक अस्ट्रेलियन ओपन कीर्तिमानीसँग बराबरी गरेका छन्। त्योसँगै उनको ग्रान्ड स्लाम उपाधि ११ पुगेको छ। पछिल्लो पाँच बर्षमा जोकोभिजले चौथो पटक अस्ट्रेलियन ओपन जितेका हुन्। सर्वाधिक ग्रान्डस्लाम उपाधि विजेताको सुचिमा जोकोभिच रोड लाभेर र बिजोर्न ब्रोगसँगै पाँचौं स्थानमा रहेका छन्। जोकोभिचले यसअघि सन् २००८, २०११,२०१२,२०१३ र २०१५ मा पनि अस्ट्रेलियन ओपन जितेका थिए।

'एन्डी र उनको टोलीलाई म सम्मान व्यक्र गर्न चाहन्छु। खेल निकै कठिन थियो,' जोकोभिचले भने,' उनी उत्कृष्ट विजेता, साथी र खेलकुदमा समर्पित व्यक्ति हुन्। भविष्यमा उनले यस्ता थ्रुपै अवसर पाउनेमा म विश्वस्त छु।'

ग्रान्डस्लामको फाइनल पाँच पटक हार्ने मरे दोस्रो खेलाडी हुन्। उनीअघि ८० को दशकमा ३ पटक युएस ओपन जितेका इभान लिन्ड्ल पाँच पटक फाइनलमा परािजत भउका थिए।

गर्भवती श्रीमतिलाई छोडेर प्रतियोगितामा भाग लिन पुगेका मरेका ससुरा यही दौरान विरामी परे। यहि महिना मरे बाबु बन्दैछन्। ' कोर्टबा बाहिर पनि पछिल्लो केही साता मेरो लागि केही चुनौतिपूर्ण रह्यो ,'श्रीमति किमसहित समर्थकलाई धन्यवाद दिदै मरेले भने,' यो दुई साता अघि कठिन रहे। म तुरुन्तै घर फर्कनु छ।'

पछिल्ला ११ मध्ये १० खेलमा जोकोभिचले मरेलाई हराएका छन्। मरेसँग अहिले सम्मको भिडन्तमा चार पटक अस्ट्रेलियन ओपनसहित २१ पटक जितेका जोकोभिच ९ पटक पराजित भएका छन्।

प्रकाशित: १७ माघ २०७२ २१:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App