४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

धितालले ल्याए 'उज्यालो बीउ'

काठमाडाैं – चिकित्सक तथा लेखक डा. सरोज धितालको लेखहरुको संग्रह 'उज्यालोको बीउ' सोमबारदेखि बजारमा आएको छ। उनको ६२ औं जन्मदिन पारेर सोमबार आफ्नी आमा चुडाकुमारी धितालको हातबाट पुस्तक विमोचन गराए।आठौं सन्तानमध्ये जेठा धिताललाई आफूले कृष्ण मानेको आमा चुडाकुमारीले बताइन्। 'सबैमाथि प्रेम गर्न, माया गर्न सकोस्, भगवानभन्दा अर्को सत्य छ, त्यो प्राप्त गर्न सकोस्,' विमोचनपछि छोरालाई आशीर्वाद दिँदै उनले भनिन्।

विमोचित कृतिमाथि रञ्जु दर्शना, अर्जुन कार्की र शारदा शर्माले टिप्पणी गरेका थिए। 'कालो बादलको पनि उज्यालो लाग्छ युवाहरुलाई, किनकि त्यसले पानी पार्छ, त्यो आशा युवाहरु हुन्,' १९ वर्षीया रञ्जुले बताइन्।

अर्का टिप्पणीकार कार्कीले चिकित्सा क्षेत्रको सकारात्मक र नकारात्मक दुवै पक्षलाई लेखकले पुस्तकमा उजागर गरेको बताए। मान्छेको शरीरमा नराम्रो तन्तु झेरर नयाँ तन्तुले ठाउँ लिएजस्तै पुराना पुस्ताले नयाँ पुस्तालाई ठाउँ र जिम्मेवारी दिनुपर्ने उज्यालो आशा धितालको पुस्तकले छरेको उनले जनाए।

साहित्यकार शारदा शर्माले नेताको राजनीतिक, सामाजिक कुरीति, कर्मचारीतन्त्रप्रति जति आक्रोश लेखहरुमा पाइने अवगत गराइन्।

लेखक धितालले परम्परागत राजनीतिको साँघुरो पर्खाल तोडेर असल नागरिकहरुले समाजप्रति असल गतिविधि देखाउँदै अगाडि बढेको भन्दै त्यो 'उज्यालोको बीउ' भएको सुनाए। चिकित्सा क्षेत्रमा डा. गोविन्द केसीको नैतिक बलले समाजलाई सकारात्मकतातिर धकेलेको उल्लेख गरे।

उनले बहुभाषिक, बहुजातिय, बहुसांस्कृतिक र भौगोलिक विविधता भएको गणतन्त्र मुलुकलाई एक राष्ट्रकै रुपमा बाँधेर राख्ने त्यो डोरी के हो ? त्यस्तै शिक्षा र स्वास्थ्य सेवा किनबेचकै वस्तु बनिराख्नु हुन्छ कि हुँदैन ? र यसलाई जनताको मौलिक हक भन्न मिल्ने कि नमिल्ने ? भनेर प्रश्नहरु राखे ।

विमोचन कार्यक्रममा डा. गोविन्द केसीले अध्यालोका विरुद्ध उज्यालो जस्तै डा. केसीले बेथितिविरुद्ध एउटा थिति बसालेरै छाड्ने अडान व्यक्त गरे । सरकारले नयाँ मेडिकल सम्बन्धनका पक्षमा काम गरेजस्तो गरेर नयाँ ऐन नै ल्याएर काठमाडांैमा एकेडमी खोल्न खोज्नु जायज नभएको अर्का वक्ता माथेमाले बताए ।

धितालको पुस्तकलाई सांग्रिला बुक्सले बजारमा ल्याएको हो । पुस्तकमा उनका प्रकाशित र अप्रकाशित विभिन्न लेख संग्रहित छन्, जसको मूल्य ३ सय ७५ रुपैयाँ तोकिएको छ।

प्रकाशित: ११ माघ २०७२ २१:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App