फागुन २१ लाई तय भएको प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ताको समय थप्न निर्वाचन आयोगले तयारी थालेको छ ।
निर्वाचनमा सहभागी दलहरूलाई उम्मेदवार छनोटमा समय अभाव भएपछि आयोगले मनोनयन दर्ताको मिति केही दिन सार्ने तयारीमा आयोग जुटेको छ ।
औपचारिक निर्णय हुन बाँकी भए पनि मनोनयन दर्ताको समय केही थप्ने गरीको छलफल भएको आयोगका एक आयुक्तले बताए ।
राजनीतिक दलहरूबाट औपचारिक तथा अनौपचारिक रूपमा मनोनयनको समय थप्न माग आइरहेकाले आयोगमा यसबारे छलफल भएको र आयोग लचक देखिएको उनले बताएका छन् ।
दलसँग छलफल गरेर सर्वदलीय सहमति भए एक दुई दिन समय थप्न सकिने आयोगले जनाएको छ ।
प्रकाशित: ४ माघ २०८२ १४:५९ आइतबार





