१८ माघ २०८२ आइतबार
image/svg+xml
राजनीति

उम्मेदवार मनोनयन दर्ताको समय थप्ने तयारी

फागुन २१ लाई तय भएको प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ताको समय थप्न निर्वाचन आयोगले तयारी थालेको छ ।  

निर्वाचनमा सहभागी दलहरूलाई उम्मेदवार छनोटमा समय अभाव भएपछि आयोगले मनोनयन दर्ताको मिति केही दिन सार्ने तयारीमा आयोग जुटेको छ ।  

औपचारिक निर्णय हुन बाँकी भए पनि मनोनयन दर्ताको समय केही थप्ने गरीको छलफल भएको आयोगका एक आयुक्तले बताए ।  

राजनीतिक दलहरूबाट औपचारिक तथा अनौपचारिक रूपमा मनोनयनको समय थप्न माग आइरहेकाले आयोगमा यसबारे छलफल भएको र आयोग लचक देखिएको उनले बताएका छन् ।  

दलसँग छलफल गरेर सर्वदलीय सहमति भए एक दुई दिन समय थप्न सकिने आयोगले जनाएको छ । 

प्रकाशित: ४ माघ २०८२ १४:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App