नोबेल साकोस साहित्य संस्थाले गीता अर्यालकाे ‘पर्खालभित्रको जून’ कवितासङ्ग्रहकाे लोकार्पण गरेकाे छ।
संस्थाका संस्थापक सदस्य रोहित कार्कीको अध्यक्षता र साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको प्रमुख आतिथ्यमा कृतिकाे लाेकार्पण भएकाे हाे।
संस्थाका अध्यक्ष राजनप्रसाद न्यौपानेले सञ्चालन गरेकाे कार्यक्रममा संस्थाले प्रमुख अतिथि लेकालीलाई दोसल्ला ओढाई ताम्रपत्रसहित सम्मान गरेको छ।
त्यस्तै उक्त कार्यक्रममा साहित्यिक क्षेत्रमा गरेकाे योगदानकाे कदरस्वरूप एञ्जेलिना न्यौपाने, सुरेशचन्द्र घिमिरे, सुनिता बराल, कविराज घिमिरे र दलबहादुर नेपालीलाई पनि संस्थाले सम्मान गरेकाे थियाे।

समालाेचक प्राडा गोविन्दमान सिंह कार्कीले लोकार्पित कृतिकाे समीक्षात्मक टिप्पणी गरेका थिए। त्यस्तै कार्कीले सम्मानित व्यक्तित्वबारे पनि बाेलेका थिए।
रत्नपुस्तकालय, मध्यबानेश्वरमा आयोजित कार्यक्रममा संस्थापक सदस्य सूर्य तामाङले शब्द मार्फत अतिथिहरूलाईं स्वागत गरिएकाे थियाे। विष्णु गुरूङ, डा. दामोदर पुडासैनी, पुष्प रञ्जित, देवी पन्थी, गीता अर्याल, कविराज घिमिरे, निर्मलरमण पराजुली, पुष्प लुइँटेल, शम्भु गजुरेल, मीना अर्याल, द्वारिका कुईंकेल लगायतले मन्तव्यकाे साथ सिर्जना वाचेका थिए।
प्रकाशित: ४ माघ २०८२ १३:५८ आइतबार





