राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह केही बेरमा पार्टीको केन्द्रीय कार्यालयमा प्रवेश गर्दै छन्।
नेता शाहको आगमनका लागि पार्टी कार्यालय परिसरमा हजारौं समर्थकहरूको भीड जम्मा भएको छ। समर्थकहरूले बालेन र रास्वपाको पक्षमा नाराबाजी गरिरहेका छन्।
बालेन शाह कार्यालय प्रवेश गरेलगत्तै पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठक बस्ने कार्यतालिका रहेको छ। उक्त बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।
यसैगरी, आजै साँझ ५ बजे पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह लगायतका शीर्ष नेताहरू जनकपुर प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।
मधेश प्रदेशमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन नेताहरू त्यसतर्फ जान लागेका हुन्।
प्रकाशित: ४ माघ २०८२ १४:३६ आइतबार





