५१ हजार रुपैयाँमा विक र बुढालाई सुनका गहना बेचेको भनिएका भेरी मालिका नगरपालिका ३ स्यालाका एकै घरका तीन दाजुभाई हर्कवीर सुनार, शम्भु सुनार र निर्मल सुनारलाई प्रहरीले खोजी रहेको छ। प्रहरीमा ती महिलाहरुले उजुली दिएपछि ती सुन व्यापारी सुनारहरु फरार रहेको जाजरकोटका प्रहरी प्रमुख दानबहादुर मल्लले बताए । उनले फरार सुन व्यापारीहरुको खोजी भइरहेको र उनीहरु उपर ठगीसम्वन्धी मुद्धा लगाउने तयारी भइरहेको बताए।
यो एउटा घटना प्रतिनिधि मात्र भएको र अन्य यस्ता ठगीका धेरै घटनाहरु हुन सक्ने प्रहरी प्रमुख मल्लको भनाइ छ । सोझा सर्वसाधारणलाई सुन भनेर नक्कली गहना बनाएर बिक्री गर्दै नक्कली तथा अवैध धन्दा चलाउनेहरुले लुकेर व्यापार गर्ने गरेको पीडित जया विकले बताइन्। आफुले लिएको सुनमाथि शंका लागेपछि अर्काे सुन पसलेलाई देखाउँदा नक्कली भेटिएको त्यसपछि प्रहरीमा उजुरी गरेको उनको भनाइ छ। सोझा सर्वसाधारणलाई विभिन्न वहाना र प्रलोभन देखाउँदै सुनको नक्कली गुणस्तरका बारेमा धेरै वयान गर्दै पित्तल बिक्री गर्ने गरेको विकले बताइन्। राम्रोसँग खोजी गरे पसलमा सजाएर राखिएका अन्य सुन व्यापारीहरुका सुनहरु पनि नक्कली भेटिन सक्ने उनले बताइन्। जिल्लाभर अवैध रुपमा नक्कली सुनको धन्दा चलाउनेहरुको जालो तोड्ने गरी अनुसन्धानको काम भइरहेको प्रहरी प्रमुख डिएसपी मल्लले बताए। नागरिक अगुवा गणेशवहादुर शाहीले आजकाल सबै व्यक्तिहरु सुनको पसल गर्न तम्सिएकाहरुको पनि राम्रोसँग अनुसन्धान गर्नु पर्ने बताए। उनले सामान्य अवस्थाका मानिसहरुले पनि धेरै गहना र काँचो सुन देखाएर पसल थापेको वहाना गर्ने गरेको उनको भनाइ छ।
प्रकाशित: २० पुस २०७२ ०२:२३ सोमबार





