१५ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

१४ वर्षीय बालकद्वारा ११ बर्षीया बालिका बलात्कृत

गुल्मी– गुल्मी क्षेत्र नम्बर तीनमा पर्ने एक गाविसका १४ वर्षीय एक बालकले ११ वर्षीया बालिकालाई बलात्कार गरेका छन्।बालकले भुजा खाने बाहानामा बालिकालाई घर नजिकैको चिउरीको बोटमुनि लगेर १० रुपैयाँको प्रलोभन दिई बलात्कार गरेको प्रहरीले जनाएको छ। दलित परिवारका उनीहरुमा अभिभावकहरुको हेरचाह नहुँदा यस्तो समस्या देखिएको हुन सक्ने प्रहरीले जनाएको छ ।

घनाको थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्न आइतबारबाट उनीहरुको म्याद थप्ने तयारी भइरहेको प्रहरी सहायक निरीक्षक सत्य यादवले बताए। कानुनी प्रावधानअनुसार १४ वर्षदेखि १६ वर्षसम्मको बालकले बालिकालाई बलात्कार गरेमा सजायको आधा कारबाही भोग्नु पर्ने व्यवस्था छ। अभिभावकै सुरक्षामा राखेर उसलाई कारबाही गर्नुपर्ने नियम रहेको छ। प्रहरीले उनीहरु बलबालिका भएकोले ठेगाना खुलाएको छैन ।

प्रकाशित: १७ पुस २०७२ ०७:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App