रौतहट– ठूलो परिमाणमा प्रतिबन्धित लागू औषध कोरेक्ससहित तीन जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ। चन्द्रपुर नगरपालिका– ९ स्थित बागमती बजारबाट एक भारतीयसहित तीन जनालाई रौतहट प्रहरीले पक्राउ गरेको हो।

भारत बिहार राज्य सीतामढी जिल्लाका २८ वर्षीय शशीनन्दन यादव र सर्लाही मधुबनी–८ का ३३ वर्षीय विजय महतोको साथवाट १ सय ९७ बोतल कोरेक्स र भण्डारीको साथबाट छ बोतल बरामद गरेको रौतहटका प्रहरी प्रमुख गणेश रेग्मी बताएका छन्। भारतको सीतामढीबाट खरिद गरेर बागमती बजारमा ठूलो परिमाणमा प्रतिबन्धित लागू औषध कोरेक्स खुलेआम बिक्री वितरण भइरहेको सूचनाको आधारमा नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो क्षेत्रीय कार्यलय वीरगन्जको टोली स्वयमले व्यापारी उनीहरुलाई पक्राउ गरेको छ। ब्युरोका प्रहरी साहयक निरीक्षक पुस्कर केसीको नेतृत्वमा व्यापारी बनेर कोरेक्स किन्न जाँदा पक्राउ परेकी भण्डारीले प्रति बोतल पाचस रुपैयाँका दरले बिक्री गर्दागर्दै रंगेहात पक्राउ गरेको प्रहरी प्रमुख रेगमीले बताए।
राजमार्ग क्षेत्रका युवाहरु कुलतमा फसेर सेवन गरिरहेको लागूऔषध ल्याउन अहिले मधेस आन्दोलनको मौका छोपी ग्रामीण भेगको बाटो भएर पु¥याउने गरेको ठोस खबर पाएको आधारमा प्रहरीले पौराई क्षेत्रमा सादा पोशाकमा निगरानी बढाउदा उक्त सफलता हात लागेको प्रहरीको दाबी छ। पक्राउ परेका दुई नेपाली सहित एक भारतीय नागरिकविरुद्ध लागू औषध ओसार पसार ऐनतर्फ मुद्दा चलाउने कानुनी प्रक्रिया अगाडी बढाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी मनोज यादवले बताए।
प्रकाशित: १६ पुस २०७२ ०८:०६ बिहीबार





