हात्ती सफारीका साथै, जिप ड्राइभ र जंगल वाक गरिन्छ। साँझ राप्ती किनारमा बसेर अस्ताउँदो सूर्य हेर्नुको मजा बेग्लै हुन्छ। जाडोमा साइबेरियादेखिका चरा आउँछन्।
सौराहाको मुख्य बजार निकुञ्जबाहिर राप्ती किनारमा उत्तर–दक्षिण फैलेको छ। जहाँ होटल, लज, रिसोर्ट, रेस्टुराँ, पसल आदि छन्। होटल अन्यत्र पनि फैलेका छन्। दुई रात सौराहा बसेर घुम्नु बेस हुन्छ। बजारमा आखेटोपहार र थारू संग्रहालय छन्। होटल मोनालिसामा ऊँट चढ्ने सुविधा छ।
सौराहामा ११५ होटल छन्। तिनमा एकै रात २७ सय जना बास बस्न सक्छन्। खानामा थकाली थालीदेखि थारू परिकारसम्म पाइन्छ। साँझ होटलले सांस्कृतिक कार्यक्रम देखाउँछन्। बजारमा थारू नाच देखाउने दुई हल छन्।
पुस ११ देखि १५ गतेसम्म सौराहामा हात्ती महोत्सव हुँदै छ। क्षेत्रीय होटल संघ चितवनले आयोजना गर्ने महोत्सवमा छावाको फुटबल, गाडा दौड, एलिफेन्ट फास्ट वाक र हात्तीको पिकनिक लगायतका इभेन्ट छन्। संघका उपाध्यक्ष एवं महोत्सव संयोजक सुमन घिमिरेका अनुसार पुस १३ गते हात्तीको पिकनिक हुनेछ। पिकनिकमा हात्तीलाई उखु, सब्जी, सख्खर लगायतका खानेकुरा खुवाइन्छ।
केही अधिकारकर्मीले हात्ती महोत्सवको विरोध गर्दै आएका छन्। 'विरोधलाई हामीले सुझाव मानेका छौं,' महोत्सव संयोजक घिमिरे भन्छन्, 'हामीले समग्र चितवनकै पर्यटन प्रवर्द्धन गर्न महोत्सव गरेका हौं। कहाँनेर हात्ती अधिकार हनन भयो? अधिकारकर्मीले बताइदिनुपर्योी।'
क्रिसमसमा पर्यटक कम हुने भएकाले बढाउन संघले १२ वर्षअघि हात्ती महोत्सव सुरु गरेको थियो। महोत्सवले आन्तरिक पर्यटक बढाएको छ।
सौराहाबाट फर्कंदा कोसेली ल्याउने चिज धेरै छन्। जनावर अंकित टिसर्ट, काठका डमी (गैंडा, माछा, बाँदर, हात्ती), हस्तकला डायरी, फोटोफ्रेम, ढाकाका पछ्यौरी, रुमाल, खेलौना आदि।
तपाईं पनि घाममा बसेर बदाम र सुन्तला खाँदै हात्ती महोत्सव हेर्ने होइन त?
कसरी पुग्ने : काठमाडौं–सौराहा १६५ किलोमिटर। काठमाडौं कान्तिपथबाट बिहान सात बजे पर्यटक बस छुट्छन्। तिनले पाँच घन्टामा पुर्या उँछन्।
प्रकाशित: ३ पुस २०७२ २२:१५ शुक्रबार





