साहित्यकार जितेन्द्र रसिकको बालकथा कृति ‘बेलबहादुरको बिहे’ तेस्रो संस्करण सार्वजनिक गरिएको छ।
कथा कृति एजुकेश्नल पब्लिसिङ हाउसका बिक्री अधिकृतहरू भजन राउत, शिवराम श्रेष्ठ,गजेन्द्र ङाखुसी, रमण राउत लगायतले एजुकेश्नल पब्लिसिङ हाउसले लोकार्पण गरिएको छ।
लोकार्पणसँगै काठमाडौको जमलस्थित बिक्री कक्षबाट थोक तथा खुद्रा बिक्री थालिएको हो। नेवाः संस्कृति र संस्कार ‘इहि’ भित्र रहेको जीवनविज्ञान समेटिएको उक्त कृतिमा नेवाः समुदायका बालिकाहरूको इहि गर्दा प्रयोग हुने मुख्य फल बेललाई कथाको नायकको रूपमा प्रस्तुत गरिएको कथाकार जितेन्द्र रसिकले बताए।
नेवारी परम्परा अनुसार ‘इहि’ गरिने समय बालिकाले दुलाहाका प्रतीक बेलबारे जनाएको कौतुहलबाट सुरु हुने यो कथाको रोचक प्रस्तुतिले बालबालिकाहरूलाई भरपुर मनोरञ्जन दिने प्रकाशकले जनाएको छ।
‘इहि’ परम्परामा अमूर्त रूपमा रहेका जीवनविज्ञानको समेत कृतिले पाठकलाई ज्ञान दिलाउन सक्षम रहेको प्रकाशकको दावी छ।
कथामा नेवारी परम्परा अनुसार कथाबाटै ‘इहि’ गर्ने विधि समेत संवादात्मक शैलीको प्रस्तुतिले पाठकलाई चलचित्र हेरे जस्तै अनुभूति दिलाउने एजुकेश्नल पब्लिसिङ हाउसका सञ्चालक अञ्जन श्रेष्ठले बताए।
नेवाः संस्कारमा आधारित कथा कृति ‘बेलबहादुरसँग बिहे’ को लोकप्रियतासँगै माग बढेकाले तेस्रो संस्करण प्रकाशन हुन सम्भव भएको एजुकेश्नल बुक हाउसका भजन राउतले बताए।
रुपैयाँ २४५ मूल्य रहेको उक्त कृतिमा स्व. एक्कारामसिंको चित्र समावेश छन्।बालसाहित्यका ८ र अन्य विधाका १० गरी रसिकका १८ कृति प्रकाशित छन्। केही महिनामै फरक प्रकाशन गृहबाट लेखक रसिकले बालउपन्यास बजारमा ल्याउँदै छन्।
प्रकाशित: ३० पुस २०८२ १३:०५ बुधबार





