प्रतियोगितामा सहभागी ७ टोलीमा नेपाल मुख्य दाबेदारमध्ये एक मानिएको थियो। नेपाली टोलीले प्रदर्शन पनि त्यहीअनुरुप गरेको थियो। दुई समूहमा विभाजित समूहमा नेपाल शतप्रतिशत जित निकाल्ने एकमात्र टोली हो। इरानलाई ३–२ ले हराउँदै सफल सुरुआत गरेको नेपालले भुटानलाई १२–० ले हराएको थियो। अन्तिम खेलमा श्रीलंकालाई ८–० ले हराएर नेपाल समूह 'ए' को विजेता बनेको हो। भारतलाई १–० ले हराएर नेपाल दोस्रोपल्ट फाइनल पुगेको थियो।
अर्को समूहबाट बंगलादेश विजेता र भारत उपविजेताका हुँदै सेमिफाइनल पुगेका थिए। बंगलादेशले इरानलाई २–० ले हराएर अन्तिम दुईमा स्थान बनाएको थियो।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै फाइनलको सबै तयारी पूरा भएको जनाएको छ। एन्फाका महासचिव धिरेन्द्र प्रधानले किशोर केसीको नेतृत्वमा गंगा गुरुङ र अस्मिता खवाससम्मिलित प्रशिक्षण टोलीले गर्ल्स टोलीलाई प्रशिक्षण दिइरहेको जानकारी दिएका थिए।
प्रकाशित: ३ पुस २०७२ २१:२४ शुक्रबार





