आसन्न दक्षिण एसियाली खेलकुद (साग) को तयारीसमेत मध्यनजर गर्दै आयोजित स्पर्धाको पुरुष एकलमा नवीनले सामाखुशीका सुगन थापालाई २१–११, २१–८ ले पराजित गरे।
ब्याडमिन्टन संघको वरीयताक्रमका शीर्ष १६ मा खेलाडीले प्रतिस्पर्धा गर्ने पुरुष एकल विजेताले ५० र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
पुरुष युगल प्रतिस्पर्धामा बिबिसीका गणेश रायमाझी र विश्वास नेपाल, एपिएफका जोसेफ अधिकारी र सुमन लिम्बु, एपिएफकै महेन्द्र ढकाल र सुरेन्द्र बुढाथोकी, कास्कीका खेमबहादुर केसी र सानबहादुर आलेको जोडी विजयी भएका छन्।
विजेता जोडीले एक लाख पुरस्कार पाउने यस इभेन्टमा गणेशको जोडीले बुर्तिबाङका राजकुमार श्रेष्ठ र यामु पौवीलाई २१–१६, २१–१५ ले, जोसेफको जोडीले बिबिसीका ग्याल्जेन शेर्पा र नीरज शाक्यलाई २१–१८, २१–१७ ले, महेन्द्रको जोडीले आयोजक गंगटा क्लबका रोमन बानियाँ र रेशम पुनलाई २१–१४, २१–१७ ले, खेमको जोडीले भक्तपुरका सन्तोष श्रेष्ठ र शालिग्राम गौतमलाई २१–१६, २१–१३ ले हराए।
भेट्रान्स (४५ वर्ष माथि) तर्फ धादिङका बद्री श्रेष्ठ र दुर्गा ठकुरीले लतिलपुरका सुनील शाक्य र राजु थापालाई १७–२१, २१–१४,२१–१९ ले हराए।
जुनियर एकलतर्फ स्काइलार्कका पूजन खरेल, पुलिसका निश्चल बुढाथोकी र काठमाडौंका रोशन पोखरेलले दाहोरो जित पाएका छन्। पूजनले स्काइलार्कका विवेक खड्कालाई २१–४, २१–२ र पुलिसका अनिश श्रेष्ठलाई २१–१८, १६–२१, २१–१६ ले हराए। निश्चलले हिमालयन एकेडेमीका आशिष मण्डललाई २१–६, २१–६ ले र हिम्सका हृदयन्द्र आचार्यलाई २१–७, २१–२ ले पराजित गरे। रोशनले हिमालयनका उत्सव जिसीलाई १९–२१, २१–३, २१–७ ले पन्छाए। जुनियरमै स्काइलार्कका आर्यन ढुंगेल र पुलिसका एलिस पनि विजयी भए।
मिश्रित युगलतर्फ गंगटाका वीरेन्द्र थापा र दिना पुन, पोखराका विशाल खड्का र यामकुमारी गुरुङ, आर्मीका सुरज महर्जन र अमिता गुरुङ, दिपेश धामी र नङ्सलदेवी तामाङ तथा पुलिस विष्णु कटुवाल मनीषा राईको जोडी विजयी भएका छन्।
५ इभेन्ट समावेश गरिएको सर्वाधिक ५ लाख ५० हजार रुपैयाँ पुरस्कार राशिको प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद सदस्यसचिव केशवकुमार विष्टले गरेका थिए।
प्रकाशित: २ पुस २०७२ २२:५३ बिहीबार





