२ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्य

कोरियन एम्बेसडर तेक्वान्दो हुने

काठमाडौं- कोरियन एम्बेसडर खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको सातौं संस्करणपुस ४ बाट हुने भएको छ। काठमाडौं र ललितपुर जिल्ला तेक्वान्दो संघले आयोजना गर्नेदुईदिने प्रतियोगिता लगनखेलस्थित सेनाको प्रशिक्षण केन्द्रमा हुनेछ। ग्यागोरी र पुम्से गरी ३२ विधा समावेश प्रतियोगितामा ५० जिल्ला र विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्रको एपिएफ क्लबले सहभागिता जनाउने आयोजक समिति प्रमुख मणिराज विष्टले बताए।

कोरियाली राजदूतावास र नेपाल तेक्वान्दो संघको सहयोगमा हुने प्रतियोगिता गर्न ४२ लाख रुपैयाँ लाग्ने आयोजकले बतायो। त्यसमध्ये ४ लाख ७९ हजार रुपैयाँ कोरियाली दूतावासबाट प्राप्त भएको र बाँकी रकम राष्ट्रिय खेलकुद परिषद, तेक्वान्दो संघ र अन्य स्रोतबाट जुटाइने जनाइएको छ।

१३ वर्षयता दुई वर्षको अन्तरालमा हुँदै आएको प्रतिगोगिता वैशाख १२ को भूकम्पले दशरथ रंगशालाको कभर्ड हल क्षतिग्रस्त भएपछि आर्मीको प्रशिक्षण हलमा गराउनुपरेको संयोजक विष्टले बताए।

प्रतिगोगिताका अवसरमा तेक्वान्दो संघले तीनदिने राष्ट्रिय निर्णायक सेमिनारआयोजना गरेकोछ।

प्रकाशित: २ पुस २०७२ २२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App