प्रहरीका अनुसार राई र तामाङ पेशेवर चोर हुन। दिनको उज्यालोमा मौका हेरेर घरमा चोरी गर्ने यो समुहले निशाना बनाएको घरमा १० दिन भन्दा बढि समय निगरानी पछि मात्र घटना गर्ने गरेको अनुसन्धानमा खुलेको छ । परिसर प्रमुख एसएसपी पिताम्बर अधिकारीले अभियुक्तहरुलाई भैसेपाटीबाट पक्राउ गर्दासमेत दुबै एउटा घरको निगरानी गरिरहेको अवस्थामा फेला परेको बताए । उनले घरमा कोही नभएको मौका छोपी ताला फोडेर घरमा रहेका बहुमुल्य सामानमात्र समुहले चोरी गर्दै आएको थियो।
दुई चोरका आठ सहयोगी
प्रहरीले सुनका गरगहना, ल्यापटप,नगद र महँगा बिद्युतिय सामाग्री चोरी गर्ने राई र तामाङलाई चोरीका सामान लुकाउन, बेच्न र खरिद गर्न सघाउने अन्य आठजनालाईसमेत पक्राउ गरेको छ। राई र तामाङले चोरी गरेका सामान बिष्णु तामाङमार्फत रेलकुमार लामालाई दिने गरेका थिए। लामाले सुनका गरगहना गलाएर स्वरुप परिवर्तन गरी सन्तोष रसाईलीले चावहिलका विभिन्न सुनचाँदी पसलमा विक्री गर्ने गरेको अनुसन्धानमा खुलेको छ। यस्तै चोरीका सामान राख्ने भारत माहाराष्ट्रका धनाजी नल, किरण सिंह सिन्दे र पश्चिम बंगालका अमिय मण्डल, चोरीका सामान खरिद गर्ने सुरेश श्रेष्ठ ङाखुसी र चोरीका सामान बन्धकी राख्ने सन्जिब श्रेष्ठलाई समेत पक्राउ गरी कारबाही थालेको छ।
चोरीमा राई र तामाङ प्रत्यक्ष संलग्न देखिए पनि १० जनाको समुहले मिलेर चोरीका सामान बेच्ने, लुकाउने र खरिद गर्ने गरेका थिए ।
प्रकाशित: २२ मंसिर २०७२ ०४:२४ मंगलबार





