२३ पुस २०८२ बुधबार
image/svg+xml
अन्य

यामसाजनको गतिलो प्रदर्शन

काठमाडौं- नेपाली एथलेटिक्समा उदीयमान स्पि्रन्टरमा देखिएका यामसाजन सुनारले २ सय मिटर दौडमा राष्ट्रिय कीर्तिमानसँग बराबरी गरेका छन्। एपिएफ क्लबका यामले भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) लाई भइरहेको छनोट प्रतियोगितामा शनिबार तिलकराम थारुको नामको कीर्तिमानसँग बराबरी गरेका हुन्। निर्धारित दूरी २१.५ सेकेन्डमा पूरा गर्दै यामले २०१३ को फेब्रुअरीमा काठमाडौंमा सम्पन्न गोल्डेन स्पि्रन्ट मिटमा तिलकरामकोे कीर्तिमानसँग बराबरी गरे।

एथलेटिक्सका मुख्य प्रशिक्षक सुशीलनरसिंह राणाले यामसाजनको कीर्तिमानले सागमा स्पि्रन्टबाट पदक जित्ने लक्ष्यमा उत्साह थपेको बताए।

उनले भने, 'यामसाजनले पछिल्लो समय राम्रो गरेको छ। ऊ नेपाली एथलेटिक्सका प्रतिभाशाली खेलाडी हुन्। सुरुमा उसले जुन स्तरको नतिजा निकालेको थियो। त्यसबाट हामी खुसी थियौं। तर, पछिल्लो समय उसले केही कमजोर प्रदर्शन गरिरहेका थिए। अहिले पुरानो लयभन्दा पनि राम्रो गरिरहेको छ। यसले सागमा पदक जित्ने सम्भावना बढेको छ।'

जाजरकोटका यमसाजनले यसअघि पुलिस क्लब र त्रिभुवन आर्मीबाट खेलिसकेका छन्।

यामसाजनले सागमा पदक जित्ने लक्ष्यसहित तयारी गरिरहेको बताए। 'साग आउन अझ दुई महिना बाँकी छ। म हरेक दिन आफ्नो रेकर्ड सुधार गर्न मिहिनेत गरिरहेको छु,' २२ वर्षे यामसाजनले भने, 'इन्जुरीका कारण मैले पछिल्लो समय शतप्रतिशत मिहिनेत गर्न सकेको थिएन। अहिले फिट छु। भारत पटियाला गरेको प्रशिक्षणले धेरै सहयोग गरिरहेको छ। नेपालमासुशील गुरुबाट मैले राम्रो प्रशिक्षणअवसर पाइरहेको छु। यसले भारतमा पदक जित्न सहयोग गर्ने आशा छ।'

२ सय मिटरमा आर्मीका हिमाल केसी दोस्रो र आनन्ददेव चौधरी तेस्रो भए। सो स्पर्धाको महिलामा नेपाल पुलिसकी मानमति विष्ट पहिलो भइन्। उनले २५.९ सेकेन्ड लगाइन्। एपिएफकी दिलमाया कार्की दोस्रो र आर्मीकी कृष्णा चौधरी तेस्रो बने।

पुरुष१ हजार ५ समय मिटर दौडमा आर्मीका चन्द्रबहादुर दाहालले ४ मिनेटमा दूरी पार गर्दै शीर्ष स्थानमा कब्जा जमाए। पुलिसका करण खड्का दोस्रो र लक्ष्मण थापा तेस्रो स्थानमा रहे। उक्त स्पर्धाको महिलामा आर्मीकी सरस्वती भट्टराई ४ मिनेट ४४.९ सेकेन्डसाथ पहिलो भइन्। आर्मीकी सानुमाया कार्की दास्रो र काठमाडौंकी सन्तोषी श्रेष्ठ तेस्रो भए।

पुरुष डिसकस थ्रोमा आर्मीका राजेन्द्र बस्नेत पहिलो भए। उनले ३३.४५ मिटर टाढा फाले। पुलिसका पुस्कल खड्का दोस्रो तथा आर्मीका कृष्णबहादुर बस्नेत तेस्रो भए। यस स्पर्धाको महिलामा आर्मीकी अमृता चौधरी पहिलो भइन्। उनले ३६.४७मिटरको प्रदर्शन गरिन्। पुलिसका हिरण चौधरी दोस्रो र जितकुमारी महतो तेस्रो भए।

पुरुष टि्रपलजम्पमा पुलिसका चन्द्रदेव जोशी पहिलो भए। उनले १४.०१ मिटर जम्प गरे। लङ्जम्पमा अघिल्लो दिन शुक्रबार कीर्तिमान बनाउँदै चर्चामा आएका धनुषाका पुष्पेन्द्रकुमार गोइत (१३.६० मिटर) ले दोस्रो स्थानमा चित्त बुझाए भने आर्मीका भविन्द्र गिरी तेस्रो भए।

सो स्पर्धाको महिलातर्फ कीर्तिमानी पुलिसकी केशरी चौधरी पहिलो भइन्। उनले १२.१९ मिटर छलाङ लगाइन्। एपिएफकी शिला चौधरी दोस्रो र आर्मीकी वर्षा भट्टराई तेस्रो भए।

पुरुष १० हजार मिटर दौडमा आर्मीका हरिकुमार रिमाल विजेता भए। उनलाई३१ मिनेट ३९.९ सेकेन्ड लाग्यो। एपिएफका गोपीचन्द पार्की दोस्रो तथा आर्मीका लालबहादुर थापा तेस्रो भए। महिलामा आर्मीकी विश्वरुपा बुढा पहिलो भइन्। विश्वरुपाले ३८.३६ सेकेन्ड खर्चिन्। आर्मीकै रेसु बस्नेत दोस्रो भइन्।

पुरुष १ सय १० मिटर हर्डल्स (बाधा दौड) मा आर्मीका विशेष महतो पहिलो भए। उनले १६.२ सेकेन्ड लगाए। महिला १ सय मिटर हर्डल्समा एक्लो प्रतिस्पर्धी एपिएफकी सविता चौधरीले १७.५ सेकेन्डमा दूरी पार गरिन्।

सागका लागि समान ११-११ पुरुष/महिला गरी २२ खेलाडी छनोट गरिने नेपाल एथलेटिक्स संघले जनाएको छ। करिब तीन दिनपछि प्राविधिक समितिले छनोट खेलाडीको नाम सार्वजनिक गर्ने प्रशिक्षक राणाले बताए।

फाइनलमा नुवाकोटका रामभक्त तामाङलाई पराजित गरेका थिए। ८१ केजीमुनि आर्मीका पवनकुमार श्रेष्ठले नेपाल पुलिसका राजबहादुर चन्दलाई हराउँदै पहिलो भए। १०० केजीमुनि कुनै प्रतिद्वन्द्वी नभेटेका आर्मीका शिवबहादुर बराम स्वतः छानिए।

महिलातर्फ ५२ केजीमुनि आर्मीकी लीला अधिकारी पहिलो भइन्। लीलाले फाइनलमा काठमाडौंकी कविता नेपालीलाई हराइन्। ६३ केजीमुनि आर्मीकी फुपुल्हामु खत्री विजेता भइन्। उनले फाइनलमा प्रहरीकी निशा चौधरीलाई हराइन्। ७८ केजीमुनि एपिएफ क्लबकी पुनम श्रेष्ठले बाँकेकी कुर्समा राइदासलाई पन्छाएर स्थान पक्का गरिन्।

प्रतियोगितामा ६५ पुरुष र ३४ महिला गरी ९९ खेलाडीले विभिन्न १२ तौलमा प्रतिस्पर्धा गरेको आयोजक नेपाल जुडो संघका कोषाध्यक्ष विपिन श्रेष्ठले जनाएका छन्।

प्रकाशित: १९ मंसिर २०७२ २२:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App