शरणार्थीझैं
भूगोलका डिलहरूबाट लखेटिँदै
विस्थापित वृत्तमा फन्को मार्दै
सहर पसेको छ अचेल भोटेताल्चा
उहिले–उहिले
ढोकामा हुन्थ्यो निरन्तर
उतै घोप्टेमा लाग्थ्यो
मूलढोका, जस्केलो बुच्चो हुन्थ्यो उसको अभावमा
सुरक्षा कवच थियो घरको
दुधेरो, ठेकी, मदानी
डालो, नाङ्लो, भकारी
थाल, कटौरा जोगाउ"थ्यो
जोगाउ"थ्यो कराही, गग्रेटोको गाग्री
मझौला तिलहरी
चा"दी र गिल्टीका कल्ली
हारी र रेजीका माला
ढोकामा ताल्चा भएपछि
मन हलुको हुन्थ्यो उता गाउ"मा
यता सहरमा
मान्छेका हरेक मनमा लागेको छ भोटेताल्चा
विवेकका ढोका र झ्यालहरूमा जताततै
झुन्डिएका छन् ताल्चा
दराज, टेबलका घर्रा
लो बेड, पलङ जताततै छन् ताल्चा
छिमेकीले छिमेकी चिन्दैन
न त खुल्छ आपत्मा ढोका
न बल्छ बत्ती
व्यस्त चौरस्तामा छुरा रोपिन्छ सुकुमारीमाथि
अबोध बालक भोकले भौंतारि"दा
कुनै सहरी आमाको मन पग्लँदैन
न त उघ्रन्छ मनको ताल्चा
आजभोलि मान्छेको मगज
र खिया लागेको भोटेताल्चा उस्तै छ
सीमाबाटै हराउ"छन् चेलीहरू
गाउ"को आरनबाट हराएको
बहुराष्ट्रिय कम्पनीले थिचेको
एउटा नागरिक अढाइ सय वर्षपछि मुक्ति खोज्दै
मागिरहेछ आफ्नो संघीय बस्ती
क्रान्तिलाई सलामी दिएर केश पाकेको
उसको जीवनको तापक्रम अझै सेलाएको छैन
साना–साना घरहरू–महलहरू
मानिसका हुलहरूदेखि
राज्यको कठोर आङमा
झुन्डिरहेछ अझै उही भोटेताल्चा
प्रकाशित: १८ मंसिर २०७२ २२:४८ शुक्रबार





