यसअघि श्याम श्रेष्ठले भारतको बनारसमा सन् २०१० मा भएको दोस्रो संस्करणमा नेपाललाई कांस्य दिलाएका थिए ।
पुरुष ६५ केजीमा महेश्वर महर्जनले चौथो स्थान हासिल गरे । यसमा १३ प्रतिस्पर्धीले भाग लिएका थिए ।
रुजेशलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो । विमानस्थलमा संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, अभिभावक, साथीभाइ लगायतले बाजागाजासहित उनको भव्य स्वागत गरे । त्यसपछि रुजेशलाई नगर परिक्रमा पनि गराइएको थियो ।
प्रकाशित: १७ मंसिर २०७२ २२:३० बिहीबार





