१३ पुस २०८२ आइतबार
image/svg+xml
अन्य

सिआइडी हौं भन्नेले भारतीय जीप लुटे

काठमाडौं— बुटवल उपमहानगरपालिका–१२ कालिकानगरबाट युपी ५३ विटि ४५६९ नम्वरको भारतीय नम्बरप्लेटको जीप प्रहरी सिआइडी हौं भन्ने एक समूहले आइतबार राती लुटपाट गरेको छ।भारतीय जीप कागती बोकेर सुनौली नाका हुँदै पोखरातर्फ आइरहेको थियो। नम्वर नखुलेको मारुती कार र मोटरसाइकलमा आएको अपरिचित समूहले जीप रोकेका थिए।

उनीहरुले हामी प्रहरीका सीआइडी हौं भनेर कारलाई वनबाटिकाको भित्री बोटोतर्फ जान निर्देशन दिएका थिए। आफूहरुलाई शंक नगर्न उनीहरुले बारम्बार आग्रह गरेका थिए। लुटपाटपछि चालकलाई इलाका प्रहरी कार्यालय बुटवलमा खबर गरेका थिए।

प्रकाशित: १४ मंसिर २०७२ ०६:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App