२३ पुस २०८२ बुधबार
image/svg+xml
अन्य

आठ लाख नगदसहित जुवा खेलेको आरोपमा २५ पक्राउ

चितवन-जुवा खेलेको आरोपमा चितवन प्रहरीले भरतपुर उपमहानगरपालिका भित्रका दुई ठाउँमा झण्डै आठ लाख रुपैयाँ नगदसहित २५ जनालाई पक्राउ गरेकोछ । चितवन जिल्ला प्रहरी कार्यालयले सोमबार दिउँसो प्रेश विज्ञप्ती निकालेर दिएको जानकारी अनुसार आइतबार साँझ र सोमबार बिहान पख छापा मार्दा तास कौडा खेल्नेहरु नगदसहित गिरफ्तार भएका हुन् ।


भरतपुर उपमहानगरपालिका वडा नं. ५ लंकू धर्मचोकमा आइतबार साँझ छ बजे प्रहरीले चार लाख ५१ हजार आठ सय रुपयाँ र तीन बुक ताससहित छजना गिरफ्तार गरेको छ । त्यस्तै सोमबार उज्यालो नहुँदैको अवस्थामा भरतपुर उपमहानगरपालिका वडा नं. २९ वाट तीन लाख ४१ हजार एक सय २० रुपैयाँसहित मौडा खेल्दै गरेका १९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

'उनीहरु रातको एक बजे समातिएका हुन्' चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन अधिकारीले भने । उनीहरु विरुद्ध जुवा ऐन २०२० अन्तर्गत मुद्दा दर्ता भएको र सोमबार नै चितवन जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान कार्य भई रहेको प्रवक्ता अधिकारीले जानकारी दिए ।

जुवा तास विरुद्ध चितवन प्रहरीले अभियान चलाउँदै आएको छ । केही दिनअिघ मेघौलीको एक पर्यटकीय रिसोर्टमा कौडा खेल्दै गरेका व्यक्तीहरुलाई पाँच लाख नगदसहित पक्राउ गरेको थियो । जुवा तास खेल्ने ठाउँबाट साउनयता कात्तिक २५ गतेसम्म मात्रै पनि आठ लाख २९ हजार ८०५ रुपैयाँ नगद बरामद भएको डिएसपी राजन अधिकारीले जानकारी दिए ।

प्रकाशित: ७ मंसिर २०७२ ०५:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App