धनगढी—कैलालीको भजनी त्रिशक्ति नगरपालिका गन्जहुँवास्थित सयपत्री समुदायको वन क्षेत्रमा रोकिराखिएका जिपमा आज आगजनी गरिएको छ।भजनी इलाका कार्यालयका अनुसार रोकिराखिएको 'अल्फावेट' नखुलेको १०४६ नम्बरको जिपलाई दुई वटा मोटरसाइकलमा आएका चार जनाको समूहले आगजनी गरेका हुन्।
अन्तर्राष्ट्रिय करिडोरको रुपमा रहेको कैलालीको वसन्ता वन क्षेत्रको वातावरण अध्ययन गर्नेले भाडामा लिइराखेको सो जिपमा आगजनी गरिएको जिल्ला वन अधिकृत हेम अर्यालले जानकारी दिए। रासस
नेकपाका राजेन्द्र पाण्डे, एमालेका केपी शर्मा ओली, पृथ्वी सुब्बा गुरुङ र विष्णु पौडेल, राप्रपाका कमल थापा, जसपा नेपालबाट उम्मेदवारी दिएका शरत्सिंह भण्डारी, कांग्रेसका नेता विजय गच्छदार, राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोलगायत नेता निरन्तर उम्मेदवार रहँदै आएका छन् ।