२० पुस २०८२ आइतबार
image/svg+xml
अन्य

राणाको घरमा प्रहरी छापा, जुवा खालबाट १९ लाख रुपैयाँ सहित १७ पक्राउ

काठमाडौं– गौशालास्थित एक व्यक्तिको घरमा छापा मारेर प्रहरीले १९ लाख रुपैयाँसहित १७ जनालाई पक्राउ गरेको छ । व्यावसायिक रुपमा कौडा खेलाउने गरेको सूचनाको आधारमा बुधबार काठमाडौं महानगरपालिका–९ गौशालामा रहेको केशवध्वज राणाको घरको भुइँतलामा महानगरीय प्रहरी परिसर काठमाडौंले छापा मारेको थियो।प्रहरी कोठामा पुग्दा १७ जना व्यक्ति कौडा खेलिरहेको फेला परेपछि नियन्त्रणमा लिएर छानबिन गर्दा व्यावसायिक रुपमा कौडा खेलाउने गरेको खलेको परिसरका प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।

प्रहरीले जुवा खेल्ने प्रयोजनमा ल्याएको १९ लाख ९४ हजार रुपैयाँ र कौडा लगायतका सामानसहित केशरध्वज राणा, अभिषेक राणा, रुपेश श्रेष्ठ, क्षेत्रबहादुर तामाङ, जोगबहादुर तामाङ, सोहेल कार्की, बद्री धिताल, विजय थापा, मुक्ति लामा, अनन्त दाहाल, प्रकाश पन्त, कृष्ण लामा, उमेश थापा, निश्चल प्रधान, हरि घिमिरे, जितबहादुर नेवाल र प्रदीप क्षेत्रीलाई पक्राउ गरेको छ ।

प्रकाशित: २ मंसिर २०७२ २१:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App