ललितपुर—समुह बनाएर इन्धन वितरणमा हुलहुज्जत गर्नेहरुलाई प्रहरीले लखेटेको छ। एकान्तकुना स्थित गायत्री पेट्रोल पम्पमा भैरहेको नियमित इन्धन वितरणलाई प्रभावित हुने गरी केही समय अघिमात्र एउटा समुहले होहल्ला गरेको हो।पेट्रोल पम्पमा पेट्रोल वितरण भैरहेका समयमा डिजल बोकेर आएको टंयाक्रलाई इन्धन खनाउन खोज्दा सो समुहले लाइन मिच्दै आफुखुसी गर्न खोजेको थियो। महानगरिय प्रहरी परिसर ललितपुरका परिचालन प्रमुख निरिक्षक कवित कटुवालले हुलहुज्जत गरी वितरणलाई प्रभावित गर्न खाज्जे समुहलाई प्रहरीले धपाएको नागरिकन्युजलाई बताए ।
अहिले वितरण शान्त र नियमित भै रहेको जानकारी समेत दिए ।
'नायव निरिक्षकको कमाण्डमा खटिएका टोलीले वितरण भैरहेका पम्पको अनुगमन समेत गरिरहेको छ। केही समय होहल्ला भएको हो। अहलिे स्थिति सामान्य भइसकेको छ', उनले भने।
प्रकाशित: २० कार्तिक २०७२ ००:२४ शुक्रबार