२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

बालकोटको मार्केटिङ फर्मलाई ५० हजार जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु ५० हजार जरिवाना गरेको छ। विभागले गरेको अनुगमनको क्रममा कैफियत देखिएपछि विभागले खिलुंगा कालिका मार्केटिङ प्रालि सूर्यविनायक-२ बालकोटलाई जरिवाना गरेको हो।

उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सो फर्मलाई कारबाही गरिएको विभागले जनाएको छ। विभागले थप १२ फर्मको स्थलगत अनुगमन गरेको थियो। विभिन्न फर्ममा अनुगमन तथा निरीक्षण गरी विभागले सुधारात्मक निर्देशन दिएको छ।

विभागले नियमित रूपमा बजार अनुगमन गर्दै कानुन कार्यान्वयन गर्दै आएको छ। विभागले स्थानीय प्रशासन तथा उपभोक्ता अधिकारकर्मीको सहभागितामा अनुगमन गरिएको प्रस्ट पारेको छ। रासस

प्रकाशित: ७ माघ २०८२ ०७:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App