१९ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

एउटै मोटरसाइकलमा ३ जना चढ्नेको साथबाट पेस्तोल बरामद

सिराहा- शङ्कास्पद अवस्थामा तीन जना चढेर आउँदै गरेको मोटरसाइकल रोकेर जाँच गर्दा लुकाएर राखिएको रिभल्वर पेस्तोलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरीनायब निरीक्षक शिवनारायण यादवको नेतृत्वमा खटिएको गस्ती टोलीले गए राति ८ बजेतिर जिल्ला सदरमुकामसमेत रहेको सिरहाको सिरहा नगरपालिका–१ स्थित दुर्गामन्दिर नजिकबाट हतियारसहित तिनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका–७ का १८ वर्षीय सन्तोषकुमार मुखिया, वडा नं ८ का १७ वर्षीय राम यादव र अफरोज भनिने मोहमद तोहिद राइन छन् । रासस

प्रकाशित: ७ कार्तिक २०७२ ०५:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App