जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी शान्तिराज कोइरालाका अनुसार पक्राउ परेका हर्क गत शुक्रवार प्रहरीले हाराहाङको आश्रयस्थलमा गरेको कारवाहीका क्रममा घाइते भई फरार रहेका व्यक्ति हुन्।
यसअघि गएको शुक्रवारको प्रहरी कारवाहीमा सान्थाक्रा गाविसकी ३३ बर्षिया मनकुमारी चोङवाङलाई ठूलो परिमाणको हतियार सहित प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले हतियारधारीहरुको समुह बनाई पूर्वी नेपालका बिभिन्न जिल्लामा सशस्त्र गतिविधी गर्दै आएका हाराहाङ भनिने देउकुमार लाबुङ नेतृत्वको टोलीलाई 'अपराधिक'भन्दै सो समुहबिरुद्ध सक्रिय प्रहरी कारवाही तीव्र बनाएको छ ।
प्रकाशित: ४ कार्तिक २०७२ २१:४२ बुधबार





