२४ पुस २०८२ बिहीबार
image/svg+xml
अन्य

पेट्रोल ५ सय रुपैयाँ प्रतिलिटरमा बिक्री गर्ने पक्राउ

काठमाडौं—बढी मुल्यमा पेट्रोल विक्री गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–३५ बस्ने मोरङ बारबुना–७ घर भएका २६ बर्षीय नवराज बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ।बस्नेतलाई प्रहरीले शनिबार राति काठमाडौँ महानगरपालिका–३५ सनराईज चोक नजिकबाट प्रति लिटर ५ सय रुपैयाँमा पेट्रोल बिक्री गरी रहेको अवस्थामा ३० लिटर पेट्रोल र ४ लिटर तारपिन तेलसहित पक्राउ गरेको हो।

यसैगरी टोखा नगरपालिका–१३ शिव मन्दिर नजिकबाट बढी मुल्यमा पेट्रोल बिक्री गरिरहेका नवलपरासी जछुदा–२ घर भएका ३२ बर्षीय भक्सुधन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। चोधरीलाई प्रहरीले शनिबार प्रति लिटर ३ सय ५० रुपैयामा पेट्रोल विक्री गरीरहेको अवस्थामा ३९ लिटर पेट्रोलसहित पक्राउ गरेको हो ।

प्रकाशित: १ कार्तिक २०७२ ०१:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App