भक्तपुरस्थित सहकारीमा कार्यरत उनै विकास राईलाई तेलको अभावमा कुनै चिन्ता छैन, किनकि संकट आउनुअघि नै उनले साइकल किनिसकेका थिए।
'मैले त्यति बेला स्कुटर किन्ने सोच बदलेर साइकल किनेको हुँ,' उनले भने, 'उक्त निर्णयले अहिले सहज भएको छ।' बिहान कलेजको पढाइ, दिउँसो अफिस र सिपाडोलस्थित घरमा पुग्ने सजिलो साथी बनेको छ साइकल। साइकलको भर पर्दा सबै ठाउँमा समयमै पुग्छन् पनि। 'म बाटोमा हिँड्दा कोही तेलको लाइनमा, कोही बस स्टपमा रोकेको देख्छु,' उनले भने, 'काम सकेर फर्कंदा पनि कतिपय मानिस कुरिरहेको देखेको छु। रोकिनुभन्दा थोरै भए पनि अगाडि बढ्नु नै राम्रो लागेर साइकल चढिरहेको छु।'
भारतले नाकाबन्दी लगाएको दुई साता नाघिसकेको छ। थुप्रैको दैनिकी प्रभावित बनेको छ। काभ्रेको धुलिखेल बस्दै आएका हेमराज केसीले भने आफ्नो दैनिकीमा भने खासै फरक नपरेको सुनाए। उनी छोरीलाई समयमै विद्यालय पठाउँछन्। श्रीमती कलेज जान्छिन्। आफू काठमाडौंस्थित नापी विभागको अफिसमा समयमै पुग्छन्। समस्यालाई उनले सजिलै व्यवस्थापन गरेका छन्।
जहिले पनि आवश्यक कुराहरूको सामान्य बचत गर्ने बानीले उनलाई सजिलो भएको छ। यही सामान्य बचतले उनी अहिलेको असामान्य स्थितिमा पनि सहज देखिएका छन्। पेट्रोलको अभाव देखिन थालेपछि तेल रिजर्भमा नआउँदै उनले लोकल बस चढ्न थाले। छोरीलाई स्कुल पुर्याएउनका लागि त्यही बाइक प्रयोग गर्ने गरेका छन्। उनी आफूचाहिँ लोकल बस चढेर अफिस जाने गर्छन्।
बचत गर्ने बानीले अप्ठ्यारोमा पनि सहजता ल्याउने उनको अनुभवले बताउँछ। 'मैले नाकाबन्दी होला भनेर केही जोहो गरेको होइन, सधंै आवश्यक चिजको जोहो गर्थें,' उनले भने, 'जसका कारण आजसम्म मैले नाकाबन्दीको समस्या झेल्नुपरेको छैन।' नाकाबन्दीले साधनको प्रयोग बदलिए पनि काम नरोकिएको उनी सुनाउँछन्।
डेरामा बस्दै आएका उनलको दुई सिलिन्डर ग्यासमध्ये एउटा सकिएको छ। अर्को भर्खरै लगाएका छन्। तेल र खाद्यान्न अझै दुई महिनालाई पुग्नेछ। 'सामान्य बचत गर्दा समस्याले चाँडै पेल्दो रहनेछ,' उनी भन्छन्, 'समस्या लम्बदै गए मसँग समाधानको लागि समय रहन्छ।' ग्यास सकिए दाउराको जोहो गर्ने उनको विकल्प अझै बाँकी छ।
काठमाडौं कपनकी शान्तीकुमारी खत्रीले सात वर्षअघि स्कुटर किनेकी हुन्। उनको प्यारो स्कुटरले अहिले साथ दिन छाडेको छ। तेल नपाएपछि उनी साइकल किन्ने सुरमा छिन् । 'अब साइकल किन्ने हो,' उनले भनिन्, 'यसमै चढेर अफिस आउनेछु।' तेलको भर परे यात्रा रोकिने उनको बुझाइ छ। भान्सामा ग्यास सकिए माटोको चुलो बनाएर दाउरा बाल्ने उनको सोच छ। 'जीवन त कसैगरी अगाडि बढिहाल्छ नि,' बर्दिया मगरागढीबाट राजधानी आएकी उनी त्यत्ति अतालिएकी छैनन्, 'यहाँ खाद्यान्न अभाव भए गाउँबाट मगाउँछु।'
राष्ट्रिय भूमिअधिकार मञ्चकी महासचिव सरस्वती सुब्बा नेपालीले परनिर्भरता छाडेर आत्मनिर्भरतको बाटो अँगाल्नुपर्ने सुनाउँछिन्। समस्यालाई समाधानको चाबी बनाएर अगाडिको बाटो लिनुपर्ने उनको बुझाइ छ। 'नाकाबन्दीपछि पलाएको चेतानको चाबीले स्वावलम्बनको ढोका खोल्नुपर्छ,' उनले भनिन्, 'अहिलेको समस्यालाई स्वावलम्बनतर्फको प्रस्थान बिन्दु बनाउनु जरुरी छ।' स्वभिमानी यात्रा तेलले नरोकिने सुनाउँदै उनले खुट्टा दह्रोसँग टेेकेमात्र समृद्धिको बाटो तय गर्न सकिने बताइन्।
नेपालीले आफ्नो जिउने शैलीलाई परिवर्तन गर्नुपर्ने उनको बुझाइ छ। 'ग्यास सकिए, गोबर ग्यासतर्फ जानुपर्योट, दाउरा बाल्नुपर्यो्,' उनी भन्छिन्, 'त्यो सम्भव नहुने ठाउँमा हिटर बाल्नुपर्यो ।' तेलको बहानामा उनलाई समस्या छैन। किनकि सकभर पैदल हिँड्छिन्, पैदल नसके साइकल चढ्छिन्।
उनको जस्तै सोच राख्ने थुप्रै युवाहरू समृद्धिको बाटोमा अगाडि बढ्न सरकार पनि सहयोगी हुनुपर्ने सुनाउँछन्। युवा पुस्ता देशलाई जुनसुकै तवरबाट सहयोग गर्न तत्पर छ, तर उनीहरू भन्छन्, 'सरकारले वातावरण मिलाउनुपर्छ।'
तेलको अभाव रहेको समयमा सर्वसाधारणले आफ्नो ठाउँबाट अन्यलाई सहयोग गर्न थालेका छन्। आफ्नो सवारी साधनमा लिफ्ट दिएर अलपत्र यात्रुलाई गन्तव्यतर्फ लैजाने उनीहरूको कार्यले नेपाली समाजमा आफ्नोपनको भावना विकसित भएको छ। आफ्नै धुनमा हुइँकिने सवारीहरूले पैदल यात्रुको सुस्केरा सुन्न थालेका छन्।
समाजशास्त्री बलराम आचार्य अहिले नागरिक मनैदेखि स्वावलम्बी बन्न खोजेको बताउँदै यो चेतना बुझेर राज्यले आत्मनिर्भरको बाटो अँगाल्नुपर्ने सुझाव दिन्छन्। 'नेपालीको स्वाभिमानसँग बाँच्ने चाहनाको मद्दतले राज्यले पनि दह्रोसँग खुट्टा टेक्नुपर्योल,' उनी भन्छन्, 'अहिलेको अवसरलाई सत्ताको खेलमा सक्नु हँुदैन।'
ग्लोबलाइजेसनको जमानामा इन्धनविनाको संसार कल्पना गर्न नसकिने बताउँदै उनले इन्धनको खपत कम गनर्ेे उपाय अपनाउनुपर्ने बताए। 'नजिक जानेले टाढा जानेको लागि इन्धन छाड्नुपर्योि,' उनले भने, 'एकले अर्काको समस्या बुझेर अगाडि बढे नागरिक हिँड्ने बाटोलाई कसैले रोक्न सक्नेछैन।
संकट लम्बिएको लामो समय भइसक्दा पनि सरकारले सहज अवस्था बनाउन सकेको छैन। यस्तो संकटमा गुजि्रएका नागरिकहरू सचेत र धैर्यशील हुनु सकारात्मक पक्ष हो। आचार्य यस्तो अवस्थामा सरकारले विकल्प खोजिहाल्नुपर्ने बताउँछन्।
नयाँ बानेश्वरका मिलन खड्का पनि सरकारले गफ गरेर मात्र होइन काम गरेर देखाउनुपर्ने बताउँछन्। 'हामी अझै पर्खन तयार छौं, सरकारले अलि चलाख बनेर केही न केही उपाय त झिक्नुपर्योन नि।' हजार पाइला हिँड्ने कुरा गर्नुभन्दा एक पाइला सारेको राम्रो हुने भन्दै उनले आफ्नो ठाउँबाट सबैमा सहयोगी भावना भए गाह्रो नहुने बताए।
प्रकाशित: २२ आश्विन २०७२ २१:४८ शुक्रबार





