मंगलबार मध्यरात साढे ११ बजे १५/२० जनाको संख्यामा आएका नाकाबधारीहरुले साहको घरमा पसेर डकैती गरेका छन्। हातहतियारसहित आएका डाकाहरुको समूहले घरभित्र प्रवेश गरेलगत्तै दुई राण्उड फायर गरेर गणेश मोहन साहको ३ वर्र्षीय छोरा कृषकुमार साहको कन्चटमा बन्दुक ते¥सयाएर उनको एनसेल डिर्लस पसल र घरमा लुटपाट मच्चाएको पिडीतले बताएका छन्। डाका समूहले घरका अन्य सदस्यलाई समेत कुटपिट गर्दै परिवारका सबै सदस्यलाई नियन्त्रणमा लिई घरभित्र रहेको ९ तोला सुनको गहना र चाँदीका गरगहना, एनसेल डिर्लस पसलभित्र रहेको साढे तीन लाख नगद, एनटिसीको १ सय दरको २ वण्डल रिचार्जकार्ड, एनसेलको रु. ५० दरका चार वण्डल रिचार्ज कार्डसहित १२ लाख मूल्य बरावरको धनमाल लुटेर लगेको पीडितले बताएका छन्।
उमा सेलर मिलको संचालकसमेत रहेको साहको गौशाल बजारमै रहेको आफ्नै घरमा एनसेलको डिलर संचालन गर्दै आएको थियो। यसअघि सर्लाहीमा एनसेलको डिर्लस सञ्चालक रहेको पछिल्लो केही समयदेखि गौशालास्थित आफ्नै घरमा एनसेलको डिर्लस संचानन गरेका थिए। आर्थिक रुपमा सम्पन्न रहेको उनको घर पछाडीको पर्खाल तोडी डाकाहरु पसेर घर र पसलमा लुटपाट मच्चाएका थिए। डाका लागेको घर इलाका प्रहरी कार्यालय गौशाला नजिकै रहे पनि प्रहरी समयमै नआउँदा डाका समुह सफल भएको छ। कुटपिटबाट साह सामान्य घाइते भएका छन्। यता प्रहरीले स्थानीयले दुई राउण्ड गोली चलेको आवज सुने पनि घटनास्थलबाट एक राउण्ड ९ एमएमको गोलीको खोका मात्र वरामद भएको बताएको छ।
डकैतीमा संलग्नको खोजी कार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालय गौशालाका इन्सपेक्टर मच्छिन्द्रबाबु केसीले बताएका छन्। घटना लगत्तै संदिग्ध क्षेत्रहरुमा प्रहरी परिचालन गरिएको केसीले बताए।
यता संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनको क्रममा प्रर्दशनकारीहरुले गौशाला बजारमा रहेको प्रहरी बिट जलाएपछि त्यहाँबाट प्रहरीको डिउटी हटाएको केही दिनभित्रै उक्त लुटपाटको घटना हुन पुगेको हो। पछिल्लो केही समयदेखि इप्रका गौशालले प्रहरीलाई बजारमा ड्युटी नखटाई कार्यालयकै सुरक्षाका लागि खटाउन थालेका थिए।
प्रहरीको ड्युटी हटाइएपछि अपराधीहरुको मनोबल बढेर उक्त घटना हुन पुगेको सुरक्षा निकायको भनाइ छ। रातको समयमा प्रहरीको ड्युटी नै नभएपछि विस्तारै त्यस क्षेत्रमा अपराधिक क्रियाकलाप वृद्धि हुन गएको सुरक्षा निकायको आंकलन छ।
प्रकाशित: ६ आश्विन २०७२ ०३:३७ बुधबार





