१८ पुस २०८२ शुक्रबार
image/svg+xml
अन्य

उपवासमा शीतली प्राणायाम

हाम्रो समाजमा एकादशी, कृष्ण जन्माष्टमी, तीजजस्ता चाडबाडमा प्रायः व्रत बस्ने चलन छ। व्रत बसेको बेलामा योगीहरूले शीतली प्राणायामलाई व्यवहारमा लिने गर्छन्। यो प्राणयामले व्रतको कारण आफ्नो शक्तिमा ह्रास आउन नदिई थप ऊर्जा प्रदान गर्छ। व्रतमा खाली पेट भई चक्कर आउने, वायु बढ्ने, कमजोरी हुने, धैर्य धारणमा ह्रास आउने हुन्छ, यस्तो अवस्थामा शीतली प्राणायामको व्यावहारिक ज्ञान सान्दर्भिक हुन्छ।व्रत बसेको बेलाबाहेक कहिलेकाहीँ समयमा खाना प्राप्त नहुने, विभिन्न दैवीप्रकोप आदि कारणबाट खानाबाट वञ्चित हुँदाको अवस्थामा यो प्राणायामलाई व्यवहारमा लिदँा केही घन्टा साधकले ऊर्जा सञ्चय गर्न सक्छन्। गर्मी याममा शारीरिक प्रणालीलाई शीतलता प्रदान गर्दै कलेजोफियो पाचन प्रणालीको कार्यक्षमतामा अभिवृद्धि गर्न यो प्राणायामले सहयोग पुर्यााउँछ। यसले गर्मी, प्यास, रिस, उच्चरक्तचाप, छालाजन्य समस्या समाधान गर्छ। रक्त शुद्धीकरण गर्छ।

महŒवाकांक्षी व्यक्तिको जीवनशैलीमा परिवर्तन ल्याई तनावबाट मुक्ति दिलाउन पनि यो प्राणायम प्रभावकारी छ। आधुनिक एवं प्रदूषणयुक्त जीवनशैली, होहल्ला, धुवाँ, धुलो, तनाव आदिबाट उत्पन्न थुप्रै दुष्परिणामबाट बच्नका साथै शारीरिक र मानसिक सन्तुलनका लागि यो प्राणायाम लाभकारी छ। पर्वहरूमा विभिन्न परिकारको उपयोग गर्दा सोच पुर्याकउनु निकै जरुरी हुने भएकाले रसायनयुक्त विभिन्न खानाका परिकारले पर्वपछि समस्या निम्त्याउँछ। भोलि व्रत बस्नुछ भने मध्यरातसम्म सकीनसकी आफ्नो क्षमताभन्दा बढी खाने र व्रतअघि नै बिरामी पर्ने सम्भावना पनि देखिन्छ। आफूले सामान्य रूपमा नियमित खाइराखेको खुराकीलाई नै निरन्तरता दिई भोलिको उपवास सुरु गर्दा सुरक्षित भइन्छ।

विधि

सफा, स्वच्छ, पवित्र, सम्म भूमि। एकान्त वातावरण, तन्ना वा दरी बिछ्याई सुखासन –पद्मासन, बज्रासन, सिद्धासन) मा बस्ने। जीवनका सम्पूर्ण वृत्ति एवं बासना हटाई चित्तद्वारा इन्द्रियलाई वशमा गर्ने।

शारीरिक र मानसिक अवस्था स्वाभाविक स्थितिमा आएपछि जिब्रोलाई फेदबाट पाइप (डुँड) जस्तो दोबारी तनक्क मुखबाट ओठसम्मबाहिर निकाल्ने। जिब्रोबाट अप्ठेरो नभएसम्म श्वास भित्र लिने र मोडिएको जिब्रो मुखभित्र लग्ने। अब दुवै बंगारा बाँधी नाकका दुवै प्वालबाट भित्र (यसरी श्वासभित्र लिँदा चिसो भएको अनुभव गर्ने) ल्याइएको श्वासलाई अलि छिटो एकै वेगमा निष्कासित गर्ने। यसो गर्दा शीतली प्राणायामको एक वृत्त पूरा हुन्छ। यसलाई कम्तीमा ३० देखि ५० वृत्त सम्म एक बिहानमा अथवा एक सन्ध्यामा नियमित गर्नुपर्छ। यो प्राणायाम गर्दा आफ्नो ध्यान विशुद्धि चक्रमा केन्द्रित गर्नुपर्छ।

ख्याल रहोस्, प्राविधिक कारण भुइँमा बस्न नसके कुनै पनि प्राणायाम, ध्यान आफ्नो सुविधानुसार आसनमा कुर्सी, स्टुल, खाटमा बसेर पनि गर्न सकिन्छ। भुइँमै बस्नुपर्छ भन्ने भ्रम लिइनु हुँदैन।

फाइदा

भनिन्छ, शरीर ठन्डा र पाउ गरम हुनु निरोगिताको सूचक हो। उत्तेजित मनस्थितिलाई संयमित गरेर शारीरिक र मानसिक सन्तुलन कायम गराउन यो प्राणायामलाई धेरैजसो गर्मी र वर्षा याममा प्रयोग गरिन्छ।

यो प्राणायाम सबैका निम्ति हितकर छ। विशेष गरेर व्रतालुका निम्ति। व्रत बसेकाहरूलाई भोक लागेमा यौगिक भोजनको काम गरी शक्ति प्रदान गर्छ। गर्मी, प्यास, भौतिक चाहना लागेमा उक्तबाट छुटकारा दिलाउन मद्दत गर्छ। सामान्य रूपमा खानाको कमी हुँदा हाम्रो रक्तकोषिकामा अक्सिजन पुर्या्उँछ र रक्तकोषिकाहरू कमजोर हुन गई प्रभाव देखा पर्दा यो प्राणायाम जरुरी हुन्छ।

चुरोट, रक्सी, लागूऔषध दुर्व्यसन आदिबाट छुटकारा दिलाउन पनि शीतली प्राणायम लाभकारी ठहर्छ। श्वास, स्नायु, पाचन, रक्तजन्य समस्या, यौन समस्या, मानसिक तनाव, आन्तरिक रक्तश्राव, क्यान्सर, अल्सर (घाउ) हरूमा प्रत्यक्ष लाभ पुर्या उँछ। असाध्य मानिने एड्स, अल्सर, पार्किन्सन, अल्जाइमरमा यो प्राणायाम हितकर छ। आँखा, कान, घाँटीसम्बन्धी समस्या, भकभकाउने, अवरुद्ध गला, अर्धकपाली, सुस्त मनस्थिति, कान कम सुन्नेहरूमा यो प्राणायामको व्यवाहारिक अभ्यास निकै लाभदायक सिद्ध भएको छ। त्यसैले त यसलाई अलौकिक दबाइ नै मानिएको छ। स्मरण शक्ति बढाउनमा मद्दत पुर्यादउने बलियो स्रोतको रूपमा पनि शीतली प्राणायमलाई व्याख्या गरिएको छ।

ॐ आरोग्य आश्रम

टंगाल, भाटभटेनी, काठमाडौं

प्रकाशित: १ आश्विन २०७२ २१:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App