कम्मरमा पुगेर । छिनेको कम्मर भएका महिला सुन्दर लाग्छन् ।
कस्तो पहिरनमा महिला आकर्षक लाग्छन् ?
गाउँमा हुर्केको भएर हो कि कुर्तासरुवाल र सारीमा महिलाहरू साह्रै राम्री देख्छु ।
राम्री केटी भन्नेबित्तिकै कसको तस्बिर दिमागमा आउँछ ?
अभिनेत्री निरुता सिंह। कुनै बेला उहाँजस्तो राम्रो केटी संसारमै छैन जस्तो लाग्थ्यो ।
भेट्नेबित्तिकै महिलाको कुन पक्षले तपाईंलाई प्रभावित बनाउँछ ?
ठीकैको अनुहार तर साह्रै मीठो बोलीवचन भयो भने तुरुन्तै प्रभावित हुन्छु ।
तपाईंलाई साह्रै प्रभावशाली लाग्ने महिला को हुन् ?
लेखिका तसलिमा नसरिन। निकै प्रभावशालीमात्रै होइन, हिम्मतिली पनि लाग्छिन् । उनको लेखनशैली साह्रै प्रभावशाली र विद्रोही लाग्छ ।
आमापछि तपाईंलाई पहिलोपल्ट निकै प्रभावित पार्ने महिला को थिइन् ?
स्कुलमा पढ्दै गर्दा नाम बिर्सें तर एकजना मगर केटी थिइन्। हामी सरसँग लुगलुग काम्थ्यौँ । उनी भने सरका गल्ती पनि बिनाहिचकिचाहट औँल्याइदिन्थिन् । 'ट्यालेन्ट' पनि थिइन् । कक्षाको 'मोनिटर' पनि उनै हुन्थिन् । केटी भएर पनि त्यस्तो हकी भनेर उनीबाट साह्रै प्रभावित भएको थिएँ । म उनलाई सम्झिरहन्छु ।
नेपालकी कुन नेत्री तपाईंलाई प्रभावशाली लाग्छिन् ?
पहिले साहना प्रधान र अहिले रामकुमारी झाँक्री ।
तपाईंलाई भेट्न मन लागेको विश्वकी चर्चित महिला को हुन् ?
भारतीय गायिका लता मंगेशकर ।
गायक नभएर गायिका भएको भए को जस्तो हुन चाहनुहुन्थ्यो ?
लोकगायिका बिमाकुमारी दुरा ।
स्कुल–क्याम्पस पढ्दा महिला साथी धेरै थिए कि पुरुष ?
महिलासँग नजिकिन त साह्रै डराउँथेँ ! त्यही भएर केटी धेरै साथी बनाउने सकिएन त्यो बेला ।
अहिले महिला फ्यान बढी कि पुरुष ?
पुरुषका तुलनामा महिला फ्यान कैयौँ गुणा बढी छन् । विशेषगरी अधबैँसे महिला र बूढी आमाहरू धेरै फ्यान छन् मेरा ।
कतै झलकमात्रै देखेकी महिला फेरि देख्न पाए हुन्थ्यो लागेको छ ?
नारायणगढमा गीत गाउँदा दर्शकदीर्घामा एकजना असाध्यै हँसिली महिला हुनुहुन्थ्यो । कार्यक्रम सकिएपछि देख्न पाए हुन्थ्यो जस्तो लागेको थियो ।
महिलाको के कुरा मन पर्दैन ?
बढी नै 'केटा पारा'को देखिएको मन पर्दैन ।
धेरै महिलामा हुने कुन बानी साह्रै मन पर्छ ?
सहनशील र अलि–अलि लजाउने बानी मन पर्छ ।
पुरुष भएर महिलाको के कुराप्रति ईष्र्या जाग्छ ?
उनीहरूको सौन्दर्यदेखि साह्रै ईष्र्या जाग्छ । हामी पनि त्यस्तै सुन्दर हुन पाएको भए जस्तो लाग्छ ।
तपाईंको जीवन पूर्ण हुनका लागि महिलाको भूमिका कति प्रतिशत छ ?
मेरा लागि त ७५ प्रतिशत नै महिलाको भूमिका छ । घरमा त भइगयो, दोहोरी गाउनेलाई स्टेजमा पनि महिला जरुरी पर्छ ।
नेपाली प्रचलनअनुसार महिलाले धेरै गर्ने के काम गर्न तपाईं रुचाउनुहुन्छ ?
केही पनि रुचाउन्न जस्तो लाग्छ । भान्छामा नपसेको वर्षाैं भयो होला । चियासमेत ढंगले पकाउन आउँदैन ।
महिलालाई गिफ्ट दिनुपर्याे भने किन्न कत्तिको सजिलो लाग्छ ?
मेरा लागि सबैभन्दा गाह्रो काम यही हो । आफूलाई कपडासमेत गतिलो किन्न सक्दिनँ ।
महिलाविरुद्ध हिंसा किन हुन्छ जस्तो लाग्छ ?
ससुराबाले छोरी दिँदा 'पाले पुण्य, मारे पाप' भनेर दिन्छन् । जब यस्तो भन्न छाडिन्छ, हिंसा पनि घट्छ जस्तो लाग्छ ।
प्रकाशित: ३० भाद्र २०७२ ०१:२० बुधबार





