१९ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

बबन सिंहले दिए तीन पत्रकारलाई ज्यानमार्ने धम्की

रौतहट– सदरमुकाम गौरस्थित कोहिनुर एफएमबाट पूर्वसभासद् बबन सिंहले रौतहटका तीन जना पत्रकारलाई पेट्रोल खन्याएर मार्ने धम्की दिएका छन्।स्थानीय एफएमबाट प्रसारित प्रत्यक्ष कार्यक्रममा पूर्व सभासद् बबन सिंहले मधेस आन्दोलनलाई मथ्थर पार्न समाचार सम्प्रेषण गरेको आरोप लगाउँदै नागरिककर्मी मदन ठाकुर, एभिन्यूज टिभीका गौतम श्रेष्ठ र कान्तिपुर दैनिकका शिव पुरीलाई ज्यानमार्ने धम्की दिएका हुन्।

पूर्वसभासद् बबन सिंहले दिएको यस प्रकारको धम्कीको नेपाल पत्रकार महासंघ रौतहट शाखाले कडा रुपमा भत्र्सना गरेको छ । महासंघले एक विज्ञप्ती जारी गरी आन्दोलनका समाचारहरु निर्वाध रुपमा सम्प्रेसण गरिरहँदा पनि रौतहटका तीन जना पत्रकारविरुद्ध पूर्व सभासद् सिंहले लगाएको आरोप र धम्कीको घोर भत्र्सना गरेको छ।

मधेस आन्दोलनका क्रममा पत्रकार जगत्ले प्रदर्शनकारी र प्रहरीबीच हुने गरेको झडपमा संभावित जोखिमको पर्वाह नगरी निर्वाध रुपमा निष्पक्ष एवं वस्तुनिष्ठ समाचार सम्प्रेशन गरिरहँदा पनि पूर्व सभासद् सिंहले यस्तो धम्की दिएका हुन्।

एफएम रेडियोबाट पूर्व सभासद् जस्तो मर्यादीत पदका व्यक्तिले दिएको आपत्तिजनक अभिव्यक्ति र धम्की स्वतन्त्र प्रेसमाथिको प्रहार भएको भन्दै यस्तो धम्की दिनेले गल्ती नसच्याए उनीहरुसम्बन्धी समाचार नै बहिष्कार गरी संघर्षमा उत्रिने चेतावनी महासंघले दिएको छ । महासंघले कोहिनुर एफएमलाई सभासद् बबन सिंहले दिएको अभिव्यक्तिको रेकर्डसमेत माग गरेको छ।

यसैविच नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद् प्रभातकुमार झाले त्यस प्रकारको अभिव्यक्तिबाट संचारकर्मीहरु माथि नकारात्मक असर परिरहेको अवस्था अव उपरान्त आन्दोलनको समाचार सम्प्रेशन नगर्न रौतहटका पत्रकारहरु विवश हुने जनाएका छन् ।

प्रकाशित: २८ भाद्र २०७२ ०७:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App