२३ पुस २०८२ बुधबार
image/svg+xml
अन्य

प्रदर्शनकारीको गोली लागेर एक प्रहरी घाइते

विराटनगर—सिरहा जिल्लाको मिर्चेयामा अवरुद्ध राजमार्ग खुलाउने क्रममा प्रदर्शनकारीको गोली लागेर शनिबार राति एक सशस्त्रका प्रहरी जवान घाइते भएका छन्।सशस्त्र प्रहरी गण दन्तकालीका प्रहरी जवान विपीन राई घाइते भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ।

उनलाई दाहिने पाखुरामा गोली लागेको छ। मिर्चेयास्थित विष्णु क्लिनिकमा उपचार गराइएको बताइएको छ।

प्राप्त जानकारीअनुसार, बन्दकर्ताहरुले मिर्चेया–५ स्थित राजमार्गमा रुख ढालेर सडक अवरुद्ध पारेपछि सो सडक खुलाउन पुगेका सो गणका टोलीमाथि लुकेर बसेका समूहले गोली चलाउँदा राई घाइते भएका हुन्।

सिमसार क्षेत्रस्थित पोखरीमा डुबेर मृत्यु

मोरङमा सिमसार क्षेत्रस्थित पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ। उर्लाबारी–४ बस्ने २८ वर्षीय कुमार गएराति मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

उनको सोही नगरपालिका–७ स्थित पोखरीमा डुबेर मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय, उर्लाबारीमा खटिएको टोलीले शव परीक्षणका लागि मङ्गलबारेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएको छ । रासस

प्रकाशित: २७ भाद्र २०७२ ००:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App