१६ पुस २०८२ बुधबार
image/svg+xml
अन्य

हुलाकमार्फत आएको चेकमा किर्ते गरी ठग्ने ३ पक्राउ

काठमाडौं– फिनल्याण्डबाट हुलाकमार्फत आएको चेकमा किर्ते दस्तखत गरी ५ लाख ठग्ने कार्यमा संलग्न ३ जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दोलखाको झुले– ८ घर भएकी देवि कार्की, भक्तपुर चागुँनारायण– ५ बस्ने सुमन दाहाल, चाँगुनारायण– ५ कै पुनम दाहाल रहेका छन्।

उनीहरुले म्याग्दीको पाखापानी– ३ घरभई हाल काठमाडौं–११ ब्स्ने बहादुर पुनले विदेशको आफ्नो रोजगारीमा रहेको छोराले एभरेष्ट बैकमा रहेको खातामा रहेको रकम झिक्न हुलाकमार्फत पठाएको दस्तखतसहितको खाली चेक पठाएका थिए। उक्त चेकहरु आफूले नपाएपछि पुनले प्रहरीमा उजुरी गरेका थिए।

सुमन दाहालको साथबाट नगद रु. १ लाख, कानूनव्यवसायीको परिचयपत्र नं.१३८२३ समेतकाकागजात फेलापारी बराम गरी तिनै जनालाई बैंकिङ्ग कसुर तथा सजाय ऐन र हुलाक सेवा ऐन २०१९ अनुसार आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी बृत्त जगाती भक्तपुर पठाइएको प्रहरीको महानगरीय अपराध शाख टेकुले जनाएको छ।

प्रकाशित: २१ भाद्र २०७२ ०८:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App