मकवानपुर जिल्लाको हाँडीखोला गाविस– ४ भुन्द्रुगंका ३६ वर्षीय कौशल भन्ने सन्तकुमार थिङलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो। विषेश सुचनाको आधारमा हेटांैडा नगरपालिका–२८ बासामाडीका स्थानीय कमल थिङको घरमा वसिरहेको अवस्थामा रौतहट प्रहरीको सहयोगमा मकवानपुर प्रहरीले कौशललाइ पक्राउ गरेको हो।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने चन्द्रनिगाहपुर स्थित ईन्फ्रास्टक्चर बिकाश बैकका कर्मचारीले नजिकमै रहेको एसबिआई बैकबाट २०७१ साल मसिर २ गते २० लाख रकम झिकेर बैंकबाट निस्किँदै गरेको अवस्थामा लुटेरा समुहले सुरक्षगार्ड माथि गोली प्रहार गरी रकम लुटेर फरार भएका थिए।
मकवानपुर प्रहरीको सहयोगमा शनिबार दिउसो २ बजेको समयमा पक्राउ परेका कौशलले आफु तत्कालीन माओवादीमा २०५६ सालमा प्रवेश गरेर सिन्धुलीको भिमान प्रहरी चौकीमा आक्रमन गर्दा खुटामा गोली लागेर गम्भिर घाइते भएको उनले स्वीकारेक प्रहरीले जनाएको छ ।
ईन्फ्रास्टक्चरका सुरक्षा गार्ड तेजबहादुर कार्की र सिनियर असिसटेन्ट उज्वल रिजाल माथि गोली प्रहार गरी रकमले भरिएको ब्याग लुटेर भागेका थिए । घटना पछि थिङले आफै उक्त रकमको ब्याग बोकेर रातभरी हिडेर बाराको सिगोल पुगेको स्वीकार गरेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी मनोजकुमार यादवले बताए । लुटपाट घटनामा संलग्न अझै दुई जना फरार रहेको र उनीहरु पनि पुर्व लडाकु नै रहेको प्रहरीले जनाएको छ । फरार रहेका अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।
प्रकाशित: २० भाद्र २०७२ ०५:१७ आइतबार





